हरिपुर । कोशी गाउँपालीका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र महतो कोइरीसहितविभिन्न पार्टी परित्याग गर्दै ३७४ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । “घर घर जाऔं नेपाली काङ्ग्रेस जिताऔं अभियान” अन्तर्गत कोसी गाउँपालीका ७ हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मेहता कोइरीको नेतृत्वमा जसपा नेपाल,नेकपा एमाले,नेकपा माओवादी पार्टी परित्याग गर्दै ३७४ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट चुनाव जितेका ( हाल जसपा नेपाल )वडाध्यक्ष रामचन्द्र मेहता कोइरीको नेतृत्वमा जोगिन्द्र मण्डल, इनरपतिदेवी मण्डल, लक्ष्मी खत्वे, रवीन्द्रकुमार महतो, धनराज मण्डल,राजीवकुमार महतो,संतोष साह,जितेन्द्र कुशियैतलगायत ३७४ जना जसपा नेपाल, नेकपा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गर्दै काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादवले बताए ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद नेपाल सरकारका प्रवक्ता एवं सूचना ,संचार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी लगायतले टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराएका थिए । मन्त्री कार्कीको प्रमुख आतिथ्य तथा नेपाली काङ्ग्रेस कोशी गाउँपालीका वडा नम्बर ७ का सभापति मनमोहन (मोहन) झाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर राजन मेहता,केन्द्रिय महाधिवेशन प्रतिनिधि डाक्टर प्रमोद खेरवार, सदानन्द मण्डल, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ (क) का सभापति उपेन्द्र कटुवाल,कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव,कोशी सभापति सुलेमान मन्सुरी,देवनारायण बहरखेरलगायतले आफ्नो मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेसको नेतृत्वमा भएको विकास निर्माणकार्यबाट सर्वसाधारण जनतामा क्रेज बढेको बताउदै आगामी निर्वाचनबाट तीनै तहमा काङ्ग्रेसका उम्मेदवार जिताउनुपर्नेमा जोड दिए । यस्तै सभापति ऐयुब अन्सारीले आफूलाई जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको बताउदै कम्युनिस्टका झुठा आश्वासनका पछाडी नलाग्न सबैमा आग्रह गरे । बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणले अपेक्षा गरेभन्दा बढी विकास निर्माणकार्य सम्पन्न गरेकाले आगामी स्थानीय तह निर्वाचनबाट कोशीका जनताले कामको मूल्यांकन गर्दै पुनः अध्यक्ष पदको जिम्मेवारी दिनेमा उनी विश्वस्त छन् ।
प्रदेश सांसदसहित जनप्रतिनिधि सम्मानित
लौकही । कोसी गाउँपालीका क्षेत्रमा अखिल नेपाल सन्तमन्त सत्संगको एघारौं महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रदेश सांसद र जनप्रतिनिधिलाई...