भण्टाबारी । भारतको बिहारस्थित रहेको सशस्त्र सीमा बल (एसएसबी) ४५ औं बटालियन बिरपुरमा आयोजित मानव बेचबिखन सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र सीमा बल ( एसएसबी ) ४५ औं बटालियन,कोकन नेपाल र भारतीय जनजागरण संस्थान पटनाको संयुक्त आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा बुधबार आयोजित मानव बेचबिखन सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र सीमा बल (एसएसबी) ४५ औं बटालियन बिरपुरका सेकेन्ड कमाण्डेन्ड अलोक कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भारतीय ४५ औं,५२ औं र ५६ औं बटालियनका गरी ७४ जना भारतीय एसएसबीको सहभागिता रहेको थियो । सहभागी भारतीय सुरक्षाकर्मीलाई कोकन नेपालका कोषराज न्यौपाने,मन्जिता उपाध्याय,हेमन्तराज पौडेल,भारतीय जनजागरण संस्थान पटनाका अध्यक्ष संजय कुमारलगायतले सीमामा भइरहेको मानव बेचबिखनको अवस्था,सीमामा बेचबिखन हुनुका कारण,कानुनी जटिलता,रोकथामका उपाय यावत विषयमा प्रशिक्षण दिएका थिए ।

सीमावर्ती क्षेत्रमा भइरहेको मानव तस्करी रोकथाम गर्न प्रशिक्षण कार्यक्रम प्रभावकारी सावित हुने सशस्त्र सीमा बल (एसएसबी) ४५ औं बटालियन बिरपुरका सेकेन्ड कमाण्डेन्ड अलोक कुमारले बताए । सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई मानव बेचबिखन रोकथाम गर्न सहयोग पुग्ने उद्देश्यले एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कोकन नेपालकी मन्जिता उपाध्यायले बताइन् । उक्त प्रशिक्षण कार्यक्रममा पुरुषोत्तम घिमिरे,बालिका विश्वकर्मा,पहलाद आलम,बिरेन्द्र कामैत,रोशनी सरदार,आजाद शेखलगायतको सहभागिता रहेको थियो ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









