भण्टाबारी । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय मुर्शिद मियाँकी अन्दाजी १२ वर्षकी नजरा खातुन बुधबार दिउँसो मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ । नुहाउने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता रहेकी उनको स्थानीयबासी,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले एकदिन पश्चात् मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा खोलाले बगाई उनी मंगलबारदेखि बेपता बनाएकोमा सशस्त्र प्रहरी बल नेपालको बिओपी हरीपुर, लौकही र श्रीपुरबाट २५ जनाको टोली विपद उद्धार सामाग्री सहित खटि गई अन्दाजी २ कि.मि. खोजतलास गर्दा शव फेला परेको थिएन । पुनः बुधबार बिहान ०७:५० बजेदेखि बिओपी हरिपुर वाट १० जना र सशस्त्र प्रहरी बल नेपाल बराह बाहीनी बाट १८ जना गोता खोर र अन्य बिपद उद्धार टोलीले पौने तीन बजेको समयमा डुबेको स्थान बाट अन्दाजी ५००/६०० मिटर दक्षीण १० फिटको गहिराईमा शव फेला पारेको सशस्त्र प्रहरी बल हेक्वा सुनसरीका प्रमुख विक्रम हुमागाईले जानकारी दिए । मृतक बालिकाको जिल्ला अस्पताल ईनरुवामा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएकोमा बुधबार राति उनको अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जनअपेक्षा अनुसार विकास निर्माणकार्य गरौं : सांसद मन्सुरी
इनरुवा । प्रदेश १ का सांसद डाक्टर हाजी इसराईल मन्सुरीले जनताको अपेक्षाअनुसार विकास निर्माणकार्य गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला...