कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताएका छन् ।
कोशी टप्पु सुनसरीमा बिहिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुई पक्षबाटै पहल गरिने बताएका हुन् ।

मुख्यमन्त्री कार्की उपस्थित कार्यक्रममा आफ्नो भनाइ राख्दै कोशी गाउँपालीका अध्यक्ष, गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति समेत रहेका ऐयुब अन्सारीले भारतीय पर्यटक नेपाल आउँदा देखापरेका समस्याहरुको बारेमा ध्याणकर्षण गराएका थिए । खासगरी अध्यक्ष अन्सारीले पर्यटन वर्ष सफल बनाउन भारतीय पर्यटककै भर पर्नुपर्ने अवस्थामा उनीहरु नेपाल घुम्न आउँदा सुविधा काटेको भारतीय गाडी कहिलेकहीँ गन्तव्य भन्दा टाढा सम्म जाँदा त्यस्तो अवस्थामा प्लेन्टी गर्नुपर्नेमा सिधै जफत गरी भन्सार बुझाउने गर्दा नकारात्मक संदेश गएको हुदाँ अपेक्षा अनुसार पर्यटक आउन नसकेको बारे जानकारी गराएका थिए ।

त्यसपछि आफ्नो राख्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले भारतको बिहार, पश्चिम बंगाललगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सजीकरण गर्ने बताए । कोशी पर्यटन वर्षको मूल आयोजक समितिको कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँगसमेत उनले कुराकानी गरेका थिए । उक्त अवसरमा मुख्यमन्त्री कार्कीले भारत–नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गरे ।

कार्कीले भने, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’ मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठनसमेत गरेको छ ।
सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...









