मिकाइल आलम
लौकही । कोशी गाउँपालीकाले अगामी आर्थिक वर्षका लागि योजना, निति तथा कार्यक्रम गाउँसभाबाट सर्वजनिक गरेको छ । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
लौकहीमा बुधबार आयोजित ८ औं गाउँसभा कार्यक्रमका बीच कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । कोशी गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुजिगतखर्चतर्फ २२ करोड ५२ लाख गरी ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताको प्रमुख आतिथ्यमा भएको गाउँसभा मार्फत गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले केही लोकप्रिय योजनाहरु समेत प्रस्तुत गरेका छन् । “प्रयाप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार” भन्ने आकांक्षाका साथ आर्थिक बर्ष २०७८।०७९ को लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको अध्यक्ष अन्सारीले बताए ।
“गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार” भन्ने नारा अनुरोध कोशी गाउँपालीकाले प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युम्पाइप सहित ग्राभेल सडकमा स्तरउन्नति गरिने नीति लिएको छ । त्यसैगरी “एक वडा एक गौरव योजना” कार्यक्रम अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५ करोड लागतको एक योजना पहिचान गरी कार्यान्वयन गर्ने जनाएको छ । “एक वडामा एक खेल मैदान ” को अवधारणाअनुसार गाउँपालीका क्षेत्रमा रहेका ऐलानी सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ ।
कोशी गाउँपालीकाले गरेको गाई भैंसी सुन्दरी प्रतियोगिता लाई निरन्तरता दिदै किसानको मनोबल उच्च गर्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको छ । कृषि क्षेत्रमा नेपालकै नमुना कार्यक्रमको रूपमा छनोट भएको र कृषिको आधुनिकीकरणमा समेत सहयोग पुग्ने भएकोले योजनालाई निरन्तरता दिएको अन्सारीको भनाइ छ । यसैबीच वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नीति तथा कार्यक्रमको अवसरमा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुर पुरस्कृत भएका छन् । उनीहरूलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी उक्त कार्यक्रमका प्रमुख अतिथि राजन मेहता,उपाध्यक्ष अनिता यादवलगायतले नगदसहित सम्मानित गरेका हुन । आठौं गाउँसभाको अवसरमा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत गिरी र नायब सुब्बा सम्मानपत्रसहित नगद एक एक लाख र प्राविधिक ठाकुर नगद २५ हजारसहित सम्मानपत्रबाट सम्मानित भएका छन् । यसैबीच चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व असुली गर्ने कोशी गाउँपालीका वडा नम्बर १ लाई समेत पुरस्कृत गरिएको थियो । वडा नम्बर १ को पुरस्कार वडाध्यक्ष राजकुमार साहले ग्रहण गरेका थिए ।