नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्थायित्व नभइ देशमा विकास नहुने बताएका छन् । पार्टीको काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री कार्कीले नीतिगत स्थायित्व नभै देशमा विकास नहुने भन्दै नीतिगत स्थायित्व र विकासको लागि अहिलेको सरकार बनेको जिकिर गरे । पुर्वराजाको क्रियाशिलताबारे लक्षित गर्दै देशमा लोकतन्त्रमार्फत नै देशको विकास चाँडो गर्न सकिने उनले बताए । ‘लोकतन्त्र र गणतन्त्रको भविष्य छ, लोकतन्त्रकै माध्यमबाट विकास सम्भव छ,’ कार्कीले भने । सञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको तर्क गर्दै उनले गाउँको मुहार फेरिए पनि जनता त्यहकका नबस्ने गरेको बताए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








