सुनसरी । जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । भारत- पाकिस्तान विरुद्ध तनाव बढेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सीमा नाकामा सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गर्नुका साथै नियमित तवरबाट संयुक्त गस्ती गर्दै आएको छ ।

खासगरी जिल्लाको मुख्य रुपमा आवतजावत गर्दै भण्टाबारी नाकामा सुरक्षा संवेदनशीलता लाई दृष्टिगत गर्दै चेकजाँचमा कडाइ गर्दै भारतीय एसएसनीसंग सहकार्य गरेर संयुक्त गस्ती गर्दै आएको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरिक्षक केदार जंग थापाले बताए ।

भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलापछि सुनसरी जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । सुनसरी जिल्लाको भण्टाबारी, लौकही, उल्टी सहितका सीमा नाका भई आवतजावत गर्नेहरुको पहिचान पत्र चेकजाँच गर्ने देखि लिएर पछिल्लो समय सशस्त्र प्रहरीले भारतीय एसएसबी संग मिलेर संयुक्त तवरबाट नियमित गस्ती गर्दै आएको छ ।
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म
मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...










