श्रीपुर । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरको भवन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल न: १ बराह बाहिनी मुख्यालय सुनसरीका डीआईजी कुमार न्याैपानेले बाेर्डर आउट पाेष्ट (BOP) उद्घाटन गर्नुभएको हो ।

यसअघि उक्त स्थानमा सशस्त्र प्रहरीले सुरक्षा वेश क्याम्प मार्फत सेवा प्रवाह गर्दै आएकाे थियाे । BOP स्थापनाकालागि स्थानीय समाजसेवी सविता यादवले १ कट्ठा जग्गा दान गर्नु भएकाे हो । ४ कट्ठा भने सशस्त्र प्रहरीले खरीद गरेकाे जनाएको छ ।

उक्त स्थानकाे जम्मा ५ कट्ठा क्षेत्रफलमा १ कराेड ४६ लाख ७ हजार ८ सय ७५ रूपैयाँकाे लागतमा कार्यालय भवन र ब्यारेक निर्माण गरिएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ । सुनसरीमा २ वटा प्रस्तावित गुल्म र ९ वटा बिओेेपी (BOP) गरी ९ वटा युनिट रहेका छन ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधनकाे क्रममा डिआईजी न्याैपानेले सीमा पारपार अपराध र तस्करी नियन्त्रणमा कडाइ साथ खटिन मातहतलाई निर्देशन दिनु भएकाे छ । यसरी सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले आफू निर्वाचित भएदेखि खासगरी सुरक्षा निकायलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनुभयो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








