सुनसरी । कोरोनाका कारण एकै दिन इटहरी-५ पचरुकीका २ युवाको निधन भएपछि सिङ्गो इटहरी शोकमा डुबेको छ ।
कोरोना कहरका कारण इटहरी-५ का दुई युवाको निधन भएको छ । कोभिड संक्रमणबाट इटहरी-५ मा बसोबास गर्दै आएका बराह हार्डवेयरका सञ्चालक हिमाल राउत र इटहरी-५ कै स्थायी बासिन्दा भेटनरी टेक्निसियन राम कार्कीको निधन भएको हो ।
कोभिड संक्रमण भएपछि राउत बिराट टिचिङ्ग अस्पताल टंकीसिनुवारी र कार्की नोबेल अस्पताल बिराटनगरमा उपचारका लागि भर्ना भएका थिए । केहि दिन अघि कोभिडकै कारण राउतकी आमाको समेत निधन भएको थियो ।









