कोशी ब्यारेज । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ मध्ये २४ ढोका खोलिएका छन्।
शुक्रबारको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव एक लाख ५५ हजार ९७५ क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ।
सप्तकोसी नदीमा जलस्तर निरन्तर बढ्दै गएको हुँदा सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।









