लौकही । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कोशी गाउँपालीका वार्ड नम्बर २ का उराँव समुदायका ५७ जनाको निःशुल्क स्वास्थ् बिमा गरिदिएका छन् । आफूले पाउदै आएको सेवासुविधाबाट मेयर मेहताले कोशी गाउँपालीका वडा नम्बर २ का अतिविपन्न परिवारको निल्शुल्क स्वास्थ्य बिमा गरिदिएका हुन्।
आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका अतिविपन्न परिवारको मेयर मेहताले आफूले नगरपालिकाबाट लिएको तलव भत्ताबापतको रकमबाट निःशुल्क स्वास्थय बिमा गरिदिएको स्थानीय समाजसेवी हजरत हुसेनले जानकारी दिए । इनरुवाका मेयर मेहताले आफ्नो सेवा सुविधाबाट प्राप्त गरेको दुईलाख रुपैयाँबाट उनीहरूको स्वास्थय बिमा गरिदिएको उनले बताए । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा शुक्रबार आयोजना गरिएको एक कार्यक्रमका बीच उक्त कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका मेयर मेहताले उराँव समुदायका ५७ जनाको स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गरे ।

स्वास्थ्य बिमा गरिएका प्रत्येक परिवारका सदस्यले एक वर्षको अवधिमा सरकारले निर्धारण गरेअनुसार सेवा वापत १ लाख बराबरको स्वास्थ्य उपचार पाउने छन् । मेयर मेहताले स्वास्थ्य बीमा गरिदिएका व्यक्तिको छनोट हजरत हुसेनको टोलिले गरेको हो । निःशुल्क स्वास्थय बिमा गरिएपछि त्यहाँ स्थानीयले मेयर मेहतालगायतलाई धन्यवाद ज्ञापन गरे ।









