लौकही । सुनसरीको कोसी गाउँपालीका अध्यक्ष पदको लागि मतगणना भइरहदा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका ऐयुब अन्सारीले अग्रता बनाइरहेका छन् । कोसी गाउँपालीका वडा नम्बर १,२ र ४ को मतगणना सम्पन्न हुँदा जसपा नेपालका उम्मेदवार देवकृषिको यादव भन्दा उनी ४१४ मतले अग्रता बनाइरहेका छन् । कोसीको पछिल्लो मतपरिणामअनुसार अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अन्सारीले ३२४८ मत पाएका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले २८३४ मत ल्याएर उनलाई पछ्याउँदै छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार अजय कुशियैतले १२१६ मत ल्याएर तेस्रो स्थानमा छ । यता उपाध्यक्षमा नेपाली काङ्ग्रेसकि उम्मेदवार अनितादेवी यादवले २८०० मत ल्याएर अग्रता बनाएकी छन् भने उनलाई २५०० मत ल्याएर जसपा नेपालकि अनुदेवी खेरवारले पछ्याउँदै छिन् । नेकपा एमालेकि अनिता उराँव भने १६०७ ल्याएर तेस्रो स्थानमा छिन् । कोसी गाउँपालीकाको सार्वजनिक मतपरिणामअनुसार वडा नम्बर १ मा जसपा नेपालका उम्मेदवार शोभितनारायण मण्डल,वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार ध्यानी उराँव र वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार इसराइल मन्सुरी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । यता कोसी गाउँपालीका वडा नम्बर ३ मा समेत नेपाली काङ्ग्रेसका उम्मेदवार सुलेमान मन्सुरीले २००० मत गन्दा ६१६ मत ल्याएर अग्रता बनाइरहेका छन् भने उनलाई ५४५ मत ल्याएर नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर सिंहले पछ्याउँदै छन् ।