ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

आवर कोशी by आवर कोशी
फाल्गुन ७, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
21
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला मतदाताको घरदैलोमा छन् । सुनसरी क्षेत्र नम्बर ४ मा लगातार तेस्रोपटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी मतदातालाई आफ्नो योगदानको स्मरण गराउन मतदाताको घरदैलोमा पुगेका हुन् । नेपाल विद्यार्थी संघको २०३९ सालमा सभापति भई नेपाली राजनीतिमा योगदान दिदै आएका कार्की तत्कालीन विद्रोही माओवादीसँग १२ बुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेका व्यक्ति हुन  । ‘मैले मुलुकमा राजनीतिक स्थिरता, संविधान निर्माणका साथसाथै सुनसरी क्षेत्र नम्बर ४ को मुहार फेर्न महत्त्वपूर्ण काम गरेको छु,’ उनले भने , ‘नीति निर्माण तहमा मात्रै होइन विकास र परिवर्तनका क्षेत्रमा धेरै काम गरेको छु । सोही कामका आधारमा मेरो जित सुनिश्चित छ ।’ गत भदौ २३ र २४ गते जेनजी आन्दोलन पछि उत्पन्न समस्या समाधान एवम् युवाहरुको मागलाई पूरा गर्न कांग्रेस बाहेक अर्को विकल्प नभएको कार्कीको भनाइ छ ।

गणतन्त्रले के दिन्छ/के दियो ? भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेको उनी बताउँछन् । ‘अब कानुन बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हाम्रो आर्थिक, सामाजिक, सांस्कृति प्रगति भयो भन्ने बनाउनुछ,’ उनले भने, ‘त्यसका लागि पनि म यहाँबाट विजय भएर जानुपर्छ ।’ आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा भएको उनले बताए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा सुनसरी ४ बाट आफू निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न सडक लगायतका भौतिक पूर्वाधारसँगै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट यस क्षेत्रको शिक्षा,स्वास्थ्य र खेलकुद पूर्वाधार निर्माणका साथै धार्मिक,सांस्कृतिक र अन्य भौतिक तथा पर्यटकीय पूर्वाधार तयार गर्न आफ्नो योगदान रहेकोे कार्की बताउँछन् ।

साथै लक्षित वर्गलाई सीप विकास तथा स्वरोजगार कार्यक्रम संचालन गर्न एवं सुनसरी क्षेत्र नम्बर ४ भित्रका स्थानीय तहसँग विकास निर्माणका लागि भूमिका खेल्दै आएको उनले बताए । आफ्नो आठ वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाका उम्मेदवार कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् । सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीकाे १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए भने २०७९ सालमा नेकपा एमालेका नेता जगदीश कुसियैत लाई हराउँदै निर्वाचित भएका थिए । आफूले आफ्नो कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको कार्कीको कथन छ । उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् । 

Related Posts

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

by आवर कोशी
फाल्गुन ३, २०८२
0

सुनसरी क्षेत्र नं. ४ मा दुई पूर्वमन्त्रीसहितका हेभीवेट उम्मेदवारको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । आगामी फागुन २१ मा हुने...

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
फाल्गुन १, २०८२
0

मुस्ताक आलम इनरुवा । सशस्त्र प्रहरीले पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक लाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्ला अन्तर्गत...

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

by आवर कोशी
माघ ६, २०८२
0

नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

सुनसरी ४ : कार्की विरुद्ध एमालेबाट हुसेन उम्मेदवार

by आवर कोशी
माघ ५, २०८२
0

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सुनसरीमा उम्मेदवार फेरवदल गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेका अवुल हुसेन अन्सारीलाई...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Read more
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२
पेस्तोल सहित भारतीय नागरिक पक्राउ

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

फाल्गुन १, २०८२
“व्यवस्था” बाट पलायनको निरन्तरता

“व्यवस्था” बाट पलायनको निरन्तरता

माघ २५, २०८२
सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार

माघ ६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.