सुनसरी । सुनसरीमा मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले आफनो नाममा पास गरी मनोमानी गरेको भन्दै कोशी प्रदेश सभा सदस्य डाक्टर हाजी इस्राइल मन्सुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । कोशी प्रदेशसभा अन्तर्गत आइतबार शून्य समयमा आफ्नो मन्तव्य राख्दै उनले सो ध्यानाकर्षण गराएका हुन ।
प्रदेश सांसद मन्सुरीका अनुसार हुलाकी राजमार्गसँग जोडिएको क्षेत्र अन्तर्गत पर्ने बर्जु गाउँपालिका वडा नम्बर–१ स्थित रहेको गोपी चौकमा अवस्थित रहेको राम जानकी मन्दिरको नाममा रहेको जग्गा तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्षले कुनै अमूख व्यक्तिसँग मिलेर मन्दिरको नाममा रहेको ९ कट्ठा मूल्यवान जग्गा आफ्नो नाममा लिई सो बापत खेतीयोग्य सस्तो जग्गा मन्दिरको नाममा गरिदिएको हो ।
हाल साविक स्थानमा संचालन अवस्थामा रहेको मन्दिर हटाउन लाग्दा त्यहाँका स्थानीयवासीले प्रतिकार गरेको बुझिन आएको भन्दै सांसद मन्सुरीले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
मन्दिरको नाममा रहेकोे जग्गालाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले जोगाउनु पर्नेमा रक्षक नै भक्षक भई तत्कालीन व्यवस्थापन समितिका अध्यक्षकै मिलिभगतमा मन्दिरको नाम रहेको जग्गा व्यक्तिको नाममा पारेको बुझिन आएको भन्दै उनले यसबारे छानबिन समिति गठन गरी दोषी उपर कडा कारबाही गर्न प्रदेश एवं संघीय सरकारसँग जोडदार माग गरे । साथै यस सम्बन्धमा तत्कालै सम्पूर्ण सरोकारवाला एवं धर्म गुरुहरुको समेत सांसद मन्सुरीले ध्यानाकर्षण गराएका छन् ।
यस्तै फरक प्रसंगमा बोल्दै उनले केहिदिनयता कोशी प्रदेशमा जाडो एवं शीतलहर बढेको हुँदा तराई मधेसमा बसोबास गर्ने खासगरी विपन्न,गरीब समुदाय प्रभावित भएको भन्दै उनीहरूलाई जाडोबाट बचाउनको लागि तत्कालै आवश्यकता अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहसँग समन्वय/सहकार्य गरी जाडो एवं शीतलहरबाट विपन्न,गरीब समुदायलाई जोगाउन पहल गर्न/गराउन ध्यानाकर्षण गराएका छन् ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...