इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकको प्रमुख र उपप्रमुख पदमा नेपाली काङ्ग्रेसले आफ्नै अग्रता कायमै राखेको छ । इनरुवा नगरपालिका वडा नम्बर १,२, ३, ४, ७, ८, ९ र १० को मतगणनामा काङ्ग्रेसका नगर प्रमुखका उम्मेदवार केदार भण्डारीले ७ हजार १ सय ९७ मत ल्याउँदै अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरोज पोखरेलले ५ हजार ८ सय ३८ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी जसपाका दिलिप साहले ३ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । अहिले सम्मको सार्वजनिक गरिएको मतपरिणाम अनुसार काङ्ग्रेसका भण्डारीले एमालेका पोखरेललाई १ हजार ३ सय ५९ मतको अन्तरले पछि पारेका छन् ।
त्यसैगरी नगर उपप्रमुखमा पनि काङ्ग्रेसले नै अग्रता कायम राखेको छ । काङ्ग्रेसकी उपप्रमुखकी पदको उम्मेदवार बिनिता कुमारी मेहताले ७ हजार ३ सय ५२ मत ल्याउँदै अग्रता कायम राखेकी छिन् । त्यसैगरी नेकपा एमालेकी उपप्रमुखकी उम्मेदवार सहजादी प्रविणले ५ हजार ८ सय ७५ मत प्राप्त गरेकी छिन् । त्यस्तै वडा अध्यक्षमा हाल सम्मको घोषित मतपरिणाम अनुसार वडा नम्बर २, ३ र ९ मा नेकपा एमालेका वडा अध्यक्षका उमेदवारले विजयी हासिल गरिसकेका छन् भने वडा नम्बर १ र १० मा नेपाली काङ्ग्रेसका उम्मेदवारी निर्वाचित भएका छन् ।
सुनसरीमा पुनः बढ्यो सेटिङ्गमा तस्करी
मिकाइल आलम इनरुवा । केही महिना अगाडि सम्म रोकिएको तस्करी सुनसरीको विभिन्न सीमा नाका हुँदै पुनः बढेको सूचना प्राप्त भएको...