लौकही । नेपाली कांग्रेस कोशी गाउँपालीकाको आयोजनामा मंगलबार लौकहीमा गाउँपालीका स्तरीय सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस सुदृढीकरण अन्तर्गत आयोजना गरिएको गाउँपालीका स्तरीय सम्मेलन कार्यक्रम नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति सुलेमान मन्सुरीको अध्यक्षता एवं सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्य सम्पन्न भएको हो । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार मंगलबार कोशी गाउँपालीका वडा नम्बर १ स्थित रहेको बीपी स्मृति भवन लौकहीमा नेपाली कांग्रेस कोशी गाउँपालिका सम्मेलन कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस कोशी गाउँपालिका सभापति सुलेमान मन्सुरीले जानकारी दिए ।
सो कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारी,अतिथीहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीका जिल्ला सदस्य चनरदेव मेहता,राजेन्द्र प्रसाद मेहता,नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर ४ का सभापति अनिता देवि यादव,नेपाल शिक्षक संघ कोशी गाउँपालिका सभापति हरिकृष्ण राउत लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले नेपाली कांग्रेस कोशी गाउँपालिकाको सम्मेलनको लागि नेपाल मुस्लिम संघ कोशी प्रदेशका सभापति एवं कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीलाई प्रतिनिधिका रूपमा खटाएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले नेपाली कांग्रेस पार्टीप्रति महिलाहरुको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले सबै मिलेर वडास्तरदेखि नै पार्टीलाई एकढिक्का र मजबुत बनाउने अभियानमा आफू लागिपरेको हुनाले त्यसमा निरन्तर सबैको साथ,सहयोग र सहकार्य आवश्यक भएको बताए । सोही कार्यक्रम बोल्ने कतिपय वक्ता तथा सहभागी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले चुनावको बखत पार्टीसँग अन्तरघात गर्नेहरूलाई कार्वाही हुनुपर्ने माग गरेका छन् । गाउँपालीका स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मुस्लिम संघ कोशी प्रदेशका सभापति एवं कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीले नेपाली कांग्रेस कोशी गाउँपालीका कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागी महिला दिदीबहिनीको उपस्थितिबाट सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस कतिको बलियो भएको भन्दै पुनः प्रमाणित गरिदिएको बताए । नेपाली कांग्रेसकै नेतृत्वमा विकास र समृद्धि सम्भव भएकोले नेतृत्व पाएका स्थानीय तहमा जनभावनाअनुसार विकास निर्माणकार्यलाई थप तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।
वडाध्यक्षको भाईबाट कुटिए डाक्टर राई
सुनसरी जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डा. सन्तोष राई शनिवार अस्पताल परिसर भित्रै कुटिएका छन् । डा.राईका अनुसार इनरुवा नगरपालिकाका ६...