कोशी ब्यारेज । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहानको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ३ लाख ३६ हजार १० क्युसेक पुगेको छ ।
कोशी ब्यारेजमा अहिले ५६ मध्ये ४४ वटा ढोका खोलिएको छ । पानीको बहावमा उतारचढाव भएपनि अवस्था सामान्य रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।