ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी क्षेत्र नम्बर ४ : हिजो र आजको काङ्ग्रेस

आवर कोशी by आवर कोशी
कार्तिक २४, २०७८
१४ औं महाधिवेशन : सुनसरी ४ बाट एकताको संदेश
108
SHARES
Share on FacebookShare on Twitter

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिको उर्वरभूमि मानिन्छ । ५ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक निर्वाचित भए । स्वर्गीय कोइराला सुनसरी क्षेत्र नम्बर ४ बाट २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । २०५१ सालको उपचुनावमा भने उनी पराजित भएका थिए । २०६३/०६३ को जनआन्दोलनपश्चात् भने गिरिजाले आफ्नो विकल्पमा २०६४ भएको संविधानसभा निर्वाचनमा छोरी सुजाता कोइरालालाई अघि सारेका थिए तर, उनी तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवसँग पराजित भइन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत यादव नै निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएका गफार मियाँ अन्सारीलाई झिनो मतले पछि पार्दै उपेन्द्र यादव लगातार दोस्रोपटक निर्वाचित भएका थिए । गफार अहिले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष छन् ।  सुनसरी ४ मा देशकै प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएको क्षेत्र भए पनि विकासमा भने पछि पर्दै गयो ।

तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका गिरिजाप्रसाद कोइराला पटक–पटक प्रधानमन्त्री भए पनि वाचा पूरा गरेनन् । नेपालमा राजनीतिक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरे पनि पटक–पटक निर्वाचित गराएका जनताका लागि स्वर्गीय कोइरालाले अपेक्षित कार्य गर्न नसकेको गुनासो नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताले गर्दै आएका छन् । नेपाली काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग ६ मतले पराजित भएका ऐयुब अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित भए । क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा तितरबितर रहेकोे नेपाली काङ्ग्रेस पार्टीलाई उनलेे आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन ठुलो हुनुपर्छ भन्ने नारा दिए । ´आज म सभापति छु, भोलि अर्को कोही आउनेछन यो निरन्तर चल्ने प्रक्रिया हो ऐयुब भन्छन् देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धा हुने पुरानो परम्परा हो । त्यसैले व्यक्ति भन्दा संगठन बलियो हुनुपर्छ भन्ने मान्यताले मैले पाएको जिम्मेवारी निर्वाह गर्दै आएको छु ।` आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पद निर्वाचित गराउनेमा उनी विश्वस्त छन् ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पत्याएका क्षेत्रीय सभापति ऐयुब २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट कोशी गाउँपालीका अध्यक्षमा निर्वाचित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा जम्मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने गरेका नेतामा पर्ने ऐयुब दिएका आश्वासन पूरा गर्ने व्यक्ति हुन । शालीन स्वभावका उनले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आएका छन् ।

आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकताअनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने ऐयुबको भनाइ छ । ‘अरूले के के गरे वा गरेनन्, त्यो मेरो सरोकारको विषय होइन’ उनले भने, ‘कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४  का नेताकार्यकर्ता र जनताले मलाई विश्वास गर्नुभएको छ । म उहाँहरूको विश्वास कायम राख्दै काम गरिरहनेछु ।’ भोट दिएर निर्वाचित गराउने जनताका सुख–दुःखको भागीदार आफू भएको वचन व्यक्त गर्दै उनले भने, ‘सदा तपाईंहरूको सुख–दुःखमा भागीदार बन्नु मेरो दायित्व हो ।’ भोट दिएका वा न दिएका मात्र नभई गुटबन्दी नगरि सबै पक्षलाई समेटेर विकास निर्माणकार्यका साथै पार्टी मजबुत बनाउने काम गर्दै आएको ऐयुबको दाबी छ । ´देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धा हुने पुरानो परम्परा हो` उनले भने ।

सभापतिमा ऐयुब विजयी बन्ने यस्ता छन् कारण

भरोसायोग्य व्यक्तित्व ऐयुब अन्सारी सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका नेपाली काङ्ग्रेसका आमनेताकार्यकर्ताका निम्ति मात्रै नभई समग्र सुनसरीहुँदै प्रदेश र केन्द्रियस्तरसम्म भरोसायोग्य नेता हुन् । ऐयुब अन्सारीले प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्दैनन् भन्ने विश्वास नेताकार्यकर्ताले गरेका छन् नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराइल मन्सुरी भन्छन् सुनसरी जिल्लामा उहाँजस्तो भरपर्न सकिने नेता एकदमै थोरै छन् त्यसैले अहिले १४ औं महाधिवेशनका बेला नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको ध्यान उहाँप्रति आकर्षित भएको छ । ऐयुबमा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ उनले अगाडि थपे । त्यसैले ऐयुब अन्सारी क्षेत्रीय सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।`

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.