ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

शिक्षामा फड्को मार्दै कोशी गाउँपालीका

आवर कोशी by आवर कोशी
कार्तिक २८, २०७८
शिक्षामा फड्को मार्दै कोशी गाउँपालीका
69
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पठनपाठन सुरु हुने गरी कक्षा संचालनमा आएको छ । पहिलो वर्षमा कक्षा ११ मा अध्ययन गर्ने ३६ जना विद्यार्थी भर्ना भएको राष्टिय माध्यमिक विद्यालय कोशी ३ सोभनपुरमा कक्षा ११ को पठनपाठन सुरु हुने गरी कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आइतबार कक्षाको उद्घाटन गरेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ३ स्थित रहेको राष्ट्रिय मावि सोभनपुरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अन्सारीले वीधिवत रुपमा कक्षा ११ को भवन उद्घाटन गरेको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण राउतले जानकारी दिए ।

पहिलो वर्ष शिक्षा र व्यवस्थापन संकायको पढाई सहित कक्षा ११ को पठनपाठन सुरु गरेको उनले बताए । विद्यालयमा नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पुस्तक समेत निशुल्कमा वितरण गरिएको छ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्ने छ त्यसमा नयाँ पाठ्यक्रमअनुुसार नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्ने पुस्तक वितरण गरिएको प्रअ राउतको भनाइ छ । विद्यालयमा ऐच्छिक विषय छनोटका लागि विषयगत दुई समूह निर्माण गरिएको छ । विद्यार्थीले शिक्षा र व्यवस्थापन समूहमध्ये आफूले चाहेको विषय छनौट गर्नसक्नेछन् ।

गाउँमै प्राविधिक शिक्षासँगै व्यवस्थापन र शिक्षा संकाय अन्तर्गत कक्षा ११ पढाउन थालेपछि कोशी गाउँपालीका क्षेत्रका मात्रै नभइ गढी, भोक्राहा नरसिंह गाउँपालीकाका साथै बरहा नगरपालिकाबाट समेत उक्त विद्यालयमा अध्ययन गर्न विद्यार्थी आउने क्रम बढ्दो छ । कोशी गाउँपालीका क्षेत्रमा प्राविधिक विषय पढाउन थालेपछि विद्यार्थीका साथै अभिभावकलाई आर्थिक भार कम भएको छ ।


अनेकौं चुनौतीका बाबजुद प्राविधिक शिक्षासँगै गाउँमै उच्च शिक्षा अध्ययनअध्यापन गराउन सफल भएको गाउँपालीकाका अध्यक्ष अन्सारी बताउँछन् । ´कोशी गाउँपालीका दलित र विपन्न समुदायको बसोबास भएको क्षेत्र हो उनले भने तिनीहरुले चाहेर पनि आर्थिक अवस्थाका कारण छोराछोरीलाई इन्जिनियर र ओभरसियर वा उच्च शिक्षा पढाउन सकेका छैनन् । ´एउटा हुनेखानेका छोराछोरीले मात्र नभइ हुँदाखाने वा एउटा मुसहर समुदायका छोराछोरी पनि इन्जिनियर र ओभरसियर बनोस् उच्च शिक्षा हासिल गरोस् भन्ने उद्देश्यले उच्च शिक्षा पढाउन थालेका हौं´ अध्यक्ष अन्सारीले भने ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति तथा कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले आफू निर्वाचित भएपछि शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता अनुसार करारका शिक्षक नियुक्तीदेखी उच्च शिक्षा र प्राविधिक धार समेत संचालन गरेको बताए ।

सोभनपुर माविमा प्राविधिकधारको सिभिल इन्जिनियरिगं र अहिले कक्षा ११ र १२ पढ्नका लागि ११ कक्षाको उद्घाटन गरिएको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, शिक्षा शाखा प्रमुख वेदराज अधिकारी,कोशी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास, समाजिक शाखा प्रमुख राजकिशोर मेहता,वडा सदस्यहरु र शिक्षक तथा प्रधानाध्यापकहरुलगायतको उपस्थिती रहेको थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.