ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ काङ्ग्रेसमय बनाउने ऐयुब अन्सारी को हुन ?

आवर कोशी by आवर कोशी
कार्तिक २९, २०७८
सुनसरी ४ काङ्ग्रेसमय बनाउने ऐयुब अन्सारी को हुन ?
119
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

लौकही । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका व्यक्ति हुनु ऐयुब अन्सारी । २०४६ सालमा नेपाल विद्यार्थी संघको विद्यालय इकाई समितिको सभापतिहुँदै राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ अहिले कोशी गाउँपालीकाका अध्यक्षका साथै १३ औं महाधिवेशनसँगै समायोजन पश्चात् समेत चयन हुन सफल सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसका सभापति हुनुहुन्छ । सरल स्वभाव र हसिलो अनुहारका ऐयुब अन्सारीको जन्म विक्रम संवत् २०३४ साल साउन १५ गते भएको हो । आमा बिबी जमिला खातुन र बुवा उसमान अन्सारीका कान्छो छोरा उहाँ युवाअवस्थादेखि नै जनतामाझ लोकप्रिय नेताको छवि बनाइसक्नु भएका व्यक्ति हुनुहुन्छ ।

कक्षा ७ हुँदा कलिलो उमेरमै बहुदलीय प्रजातन्त्रको आन्दोलनमा लाग्नुभएका ऐयुब अन्सारी पञ्चायतको विरुद्धमा लाग्नुपर्छ भनेर राजेन्द्र प्रसाद साहले उक्साएको बताउनुहुन्छ ।´ सेतो कपडामा रातो रङले पोतेर पञ्चायत मुर्दाबाद, बहुदल जिन्दावाद भन्दै लेख्ने गरिन्थ्यो उहाँ भन्नुहुन्छ । जमुवामा पम्पलेटिङ गरेको आरोपमा लौकही प्रहरीले उहाँलाई २०४६ को जनआन्दोलनमा पक्राउ गरे र भोलिपल्ट कागज गराई छाडियो । २०४७ सालमा ऐयुब अन्सारी तत्कालीन जनता माध्यमिक बिद्यालय हाल उच्च मावि मधुवनका नेविसंघको सभापति चयन हुनुभएको थियो । यसैगरी २०५० सालमा डुम्राहाका सत्यनारायण सिंहलाई पराजित गर्दै नेविसंघको क्षेत्रीय सभापति चयन हुनु भएका उहाँ २०५१ सालको मध्यावधी निर्वाचनमा नेविसंघ क्षेत्रीय सभापतिको हैसियतले तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला उम्मेदवार हुँदा निर्वाचन प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्नुभयो । गाउँका साथीहरु सदानन्द मण्डल, धर्मेन्द्र विश्वास, जोगिन्द्र उरावँ, दिनेश साह, उमर अन्सारी लगायतसँग मिलेर गाउँमा राजनीतिक गतिविधी सक्रिय रहदै आउनुभएका ऐयुब अन्सारी २०५३ सालमा नागरीक उड्डयन प्राधिकरणमा जागिर खान काठमाण्डौ गएको देखेपछि उहाँलाई पूर्व कृषि मन्त्री तत्कालिन मधुवन गाविस अध्यक्ष नन्दनकुमार दत्तले ´तिमी जस्तो लिडर मान्छे जागिर खाने हो ? राजनीति गरेर जनताका समस्या समाधान गर्नेतिर लाग्नुपर्छ´भनी सुझाएपछि पाइसकेको जागिर उहाँले छाड्नुभयो । २०५४ मा पार्टीको गाउँ इकाई समितिको सचिव पदबाट मूल पार्टीको राजनीतिमा प्रवेश गर्दै २०५६ सालमा उहाँ तरुण दलको गाउँ सभापतिमा चयन हुनुभयो ।

२०६८ सालमा नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग मात्र ४ मतले पराजित हुनुभएका ऐयुब अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित हुनुभयो । क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा तितरबितर रहेकोे नेपाली काङ्ग्रेस पार्टीलाई उहाँले आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन ठुलो हुनुपर्छ भन्ने नारा दिनुभयो। ´आज म सभापति छु, भोलि अर्को कोही आउनेछन यो निरन्तर चल्ने प्रक्रिया हो सभापति ऐयुब अन्सारी भन्नुहुन्छ देशको सबैभन्दा ठुलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसमा नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा हुनु पुरानो परम्परा हो । त्यसैले व्यक्ति भन्दा संगठन बलियो हुनुपर्छ भन्ने मान्यताले मैले पाएको जिम्मेवारी निर्वाह गर्दै आएको छु ।` क्षेत्रीय सभापति र पालीका अध्यक्ष समेत रहनुभएका ऐयुब अन्सारी १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को सभापति पदमा पुनः उम्मेदवारी दिनुभएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १,२,४ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा जम्मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने नेतामा पर्ने ऐयुब अन्सारी दिएका आश्वासन पूरा गर्ने व्यक्ति भएको मतदाता बताउँछन् । शालीन स्वभावका उहाँले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आउनुभएको छ । क्षेत्रीय सभापति पदमा निर्वाचित भएपछि ऐयुब अन्सारीले पार्टीका विभिन्न भातृ संगठनदेखि वडा वडामा काङ्ग्रेसी नेताकार्यकर्तालाई एकीकृत गर्दै संगठन बलियो बनाएका कारण विगत भन्दा काङ्ग्रेसको उपस्थिति बलियो बनेको नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति इसराइल मन्सुरी बताउनुहुन्छ ।

´नेपाली राजनीतिको लागि उर्वरभूमि मानिएको सुनसरी क्षेत्र नम्बर ४ मा गुमाएको विरासत क्षेत्रीय सभापति ऐयुब अन्सारीकै नेतृत्वमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर फर्काइयो उहाँले भन्नुभयो ´ वडा वडामा संगठन विस्तार गरेका कारण कम्युनिस्टको गढ मानिएको क्षेत्रमा समेत तीनैतहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारी विजयी भए । झोलामा सिमित रहेको नेपाली काङ्ग्रेस पार्टीलाई व्यवस्थित रूपमा संगठन विस्तार गर्न ऐयुब अन्सारीको नेतृत्वमा कार्यालय स्थापना गरिएको छ ।` अध्यक्ष मन्सुरी अगाडि भन्नुहुन्छ ´हिजो नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति झोलामा सिमित रहेको थियो । जहाँ पायो त्यहीँ कहिँ रजिस्ट्रर लिएर बस्ने अनि निर्णय गरेर घर जाने परम्परा थियो तर आज सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसको अवस्थामा पहिलाको तुलनामा व्यापक परिवर्तन आएको छ,´ उहाँ थप्दै भन्नुहुन्छ । ´१३ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका ऐयुब अन्सारीले झोलामा रहेकोे क्षेत्रीय कार्यसमितिलाई व्यवस्थित गर्न निर्वाचित भएको केही दिनपश्चात् नै कार्यालय भाडा लिई छ वर्षसम्म भाडा तिरेर भएपनि कार्यालय यथावत राख्दै अथक मेहनतपछि कोशी गाउँपालीका १ स्थित लौकहीमा बीपी प्रतिष्ठान भवन निर्माण गरी त्यसमा पार्टी कार्यालय सार्ने तयारी अन्तिम चरणमा पुगेको अवस्था छ` वर्तमान महाधिवेशन प्रतिनिधि तथा सुनसरी क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि सम्भावित उम्मेदवार समेत देखिएका मनोज साहले भन्नुभयो ।


नेताकार्यकर्ताका साथै जनताका समस्या समाधान गर्ने व्यक्तित्व भएका कारण क्षेत्रीय सभापतिमा ऐयुब अन्सारी बाहेकको विकल्प नभएको कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष साहजमालको भनाइ छ । ´सुनसरी क्षेत्र नम्बर ४ का जनता अब आश्वासन दिनेलाई होइन काम गर्ने व्यक्तिलाई अवसर दिनेछन्` उहाँले भन्नुभयो । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पदमा पुनः निर्वाचित गराउनेमा ऐयुब अन्सारी विश्वस्त हुनुहुन्छ । ´मैले पाएको जिम्मेवारी नेताकार्यकर्ताको साथ,सहयोग र मार्गदर्शनले पार्टी बलियो बनाउन निरन्तर काम गर्दै आएको छु` उहाँले भन्नुभयो मैले गरेको कामको मूल्यांकन गर्दै वडादेखि पालीकास्तरबाट निर्वाचित भएका मतदाताहरुले भोट दिएर गर्न बाँकी रहेका काम गर्ने जिम्मेवारी दिनेमा विश्वस्त छु ।´ चुस्तदुरुस्त काङ्ग्रेस बनाउन आफ्नो नेतृत्वबाहेकको विकल्प सुनसरी क्षेत्र नम्बर ४ मा नभएकाले आफ्नो अमूल्य मत दिई ऐयुब अन्सारी नेतृत्वको सम्पूर्ण टीमलाई निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरुमा उहाँले आग्रह गर्नुभएको छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.