इनरुवा । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारीले कुनै गुट नभई समग्र नेपाली काङ्ग्रेस पार्टी बलियो बनाउने लक्ष्यअनुसार आफू काम गर्दै आएको बताएका छन् । सुनसरी क्षेत्र नम्बर ४ नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति अन्सारीले १३ औं महाधिवेशनबाट आफू निर्वाचित भएदेखि गुटबन्दी नगरी समग्र नेपाली काङ्ग्रेस पार्टी बलियो बनाउन काम गर्दै आएको बताए । ´हिजो पनि कसैको विरुद्ध चुनाव लडेको थिए,आज म विरुद्ध कोही उठेका छन् त्यो स्वाभाविक कुरा हो` उनले भने । लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने पार्टीका सिपाही भएकाले चुनावी प्रतिस्पर्धालाई स्वभाविक तवरले लिन्छौं सभापति अध्यक्ष अन्सारीले थप्दै भने ´हामी काम गर्ने हो जुन मैले पाएको जिम्मेवारी सफलतापूर्वक गरेर देखाएको छु; एकअर्काका पछाडि लाग्ने होइनन् जसको कारण पार्टीलाई कुनै किसिमको हानी नोक्सानी होस् ।`

नेपाली काङ्ग्रेस पार्टीको संगठन सुदृढिकरण गर्दै जनभावनाअनुसार काम गर्ने उद्देश्यले आफू पुनः सभापति पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते र ६ गते हुने निर्वाचनमा प्रदेश सभा, प्रतिनिधिसभा,क्षेत्रहुँदै जिल्लास्तरका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको बताउदै सभापति अन्सारीले आफू निर्वाचित भएपछि गाउँ गाउँहुँदै जिल्लाभर संगठनलाई बलियो बनाउदै सक्षम व्यक्तिलाई टीममा समावेश गरेकोहि परिणामस्वरूप आज सुनसरी जिल्ला काङ्ग्रेसमय बनेको दाबी गरे ।

मंसिर ३ गते हुने प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ का सभापति हारुण अन्सारी, उपसभापति शिवहरी श्रेष्ठ, सचिव नजामुद्धिन अन्सारी(नइम) र विष्णु मण्डल र प्रदेश सभा ‘क’ का सभापति उपेन्द्र कट्वाल लगायतको टीमलाई विजयी गराउन ऐयुब अन्सारी नेतृत्वको टीमले आग्रह गरेको छ ।
सुनसरी क्षेत्र नम्बर–४ का सभापति पदमा ऐयुब अन्सारी, सचिवमा रोशनकुमार खड्का र जुगेश्वर यादव तथा सहसचिवमा जितेन्द्र यादव लगायतका उम्मेदवार रहेका छन् भने ऐयुब अन्सारी नेतृत्वको टीमबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने सातजना महिला उम्मेदवारहरुमा अनितादेवी यादव, मुना रिजाल, अनु गुरुङ, शुशिला खनाल पौडेल, मिरा पोखरेल, फरिदा खातुन र राधिका कटुवाल रहेकी छिन् । उम्मेदवारहरुको टुंगो लागेसँगै प्रचारप्रसार अभियानलाई उनीहरूले तीव्रता दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, सदानन्द मण्डल, मनोज साह,शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला,हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,परमानन्द मेहता, जीवन विष्ट, सुरेन्द्र गुप्ता, राजु ढकाल, लक्ष्मी फुयाल, प्रकाश खड्का, सरजुग सरदार, बौवालाल मेहतालगायत देखिएका छन् ।

काङ्ग्रेसभित्र इमान्दार, स्वच्छ छवि, क्रियाशिल नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै अवसर प्रदान दिदै आएकै कारण आज काङ्ग्रेस बलियो बनेको सभापति अन्सारीको भनाइ छ । पार्टीको महाधिवेशन वा चुनावका बेला मात्रै नेताकार्यकर्ता समक्ष जानेलाई नभई पाएको अवसर सदुपयोग गर्दै समग्र पार्टीलाई बलियो बनाउन ग्राउन्ड लेभलबाट काम गर्ने आफ्नो नेतृत्वका उम्मेदवारहरुलाई वडा सभापति, क्षेत्रीय प्रतिनिधि,पालीका सभापतिलगायतका मतदाताले काङ्ग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित गराउने आफू ढुक्क रहेको सभापति ऐयुब अन्सारीको विश्वास छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








