लौकही । कोशी गाउँपालीका वार्ड नम्बर १ स्थित लौकहीमा निर्माण गरिएको बीपी अध्ययन प्रतिष्ठानको भवन उद्घाटन गर्न सूचना संचार तथा प्रविधि मन्त्रीसँगै सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की आज बुधबार लौकही आउँदै छन् । वर्तमान शेरबहादुर देउवा सरकारमा सूचना संचार तथा प्रविधि मन्त्रीसँगै सरकारका प्रवक्ता समेत रहेका कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद हुन ।

कोशी गाउँपालीका १ स्थित लौकहीमा निर्माण गरिएको बीपी प्रतिष्ठानको भवनसँगै सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न मन्त्री कार्की आउने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनबाट नेताकार्यकर्ताले आफूलाई क्षेत्रीय सभापति पदमा निर्वाचित गराएपछि गुटबन्दी नगरी समग्र काङ्ग्रेस पार्टी बलियो बनाउन काम गरेको र आगामी दिनसमेत सोहिअनुसार काम गर्न पुनः सभापति उम्मेदवारी दिएको म्यासेज नेताकार्यकर्तामा प्रभाव गर्ने उद्देश्यले बुधबार लौकहीमा वृहत् कार्यक्रम राखिएको सभापति अन्सारीको भनाइ छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








