लौकही । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित संघीय सांसद तथा शेरबहादुर देउवा सरकारमा सूचना संचार तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले दृष्टिबिहिन विद्यार्थीलाई सहयोग गरेका छन् । केही समयअगाडि मन्त्री कार्कीले गरेको प्रतिबद्धताअनुसार भोक्राहा नरसिंह–१ घर भएका दृष्टिबिहिन विद्यार्थी साकिर आलमलाई बुधबार नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उच्च शिक्षा हासिल गर्नका सहयोग पुग्ने उद्देश्यले साकिरलाई आर्थिक सहयोग गरिएको मन्त्री कार्कीका स्वकीय सचिव तेजबहादुर गुरुङले जानकारी दिए । साकिर दृष्टिविहिन भएकाले संचारमन्त्रीले उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग गर्ने वाचाअनुसार सहयोग गरिएको उनको भनाइ छ । मन्त्री कार्कीबाट सहयोग पाएपछि आलमले पैसाको सदुपयोग गर्दै उच्च शिक्षा हासिल गर्नमा सहज हुने बताउदै धन्यवाद समेत दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







