इनरुवा । सुनसरी जिल्लाको लाई मात्रै नभई नेपाली राजनीतिकै लागि महत्त्वपूर्ण क्षेत्र हो सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ । ५ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक निर्वाचित भएको क्षेत्र हो तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ र हाल समायोजनपश्चात् क्षेत्र नम्बर ४ । नेपालमा राजनीतिक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरेका स्वर्गीय कोइराला सुनसरी क्षेत्र नम्बर ४ बाट नै २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेर प्रधानमन्त्री बनेका थिए । २०६२/०६३ को जनआन्दोलन पश्चात् भने गिरिजाले आफ्नो विकल्पमा २०६४ भएको संविधानसभा निर्वाचनमा छोरी सुजाता कोइरालालाई अघि सारेका थिए तर, उनी तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवसँग पराजित भएसँगै तत्कालीन क्षेत्र नम्बर ५ मा वर्षौंदेखि रहेको नेपाली काङ्ग्रेसको वर्चस्व गुम्यो ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काङ्ग्रेसले विरासत फर्काउने अपेक्षा गरिएपनि नेपाली काङ्ग्रेसका उम्मेदवार जमिल अख्तर आजादलाई पराजित गर्दै उपेन्द्र यादव पुनः निर्वाचित भए । नेपाली काङ्ग्रेसबाट टिकट नपाएपछि विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएका गफार मियाँ अन्सारीलाई उपेन्द्र यादवसँग मात्र चारसय मतको अन्तरले पराजित भएका थिए ।
नेपाली काङ्ग्रेसको ११ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा ताहिर अन्सारीसँग ६ मतले पराजित भएका ऐयुब अन्सारी २०७२ सालमा भएको नेपाली काङ्ग्रेसको १२ औ महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापति निर्वाचित भए । ´क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा अभिभावकबिहिन रहेकोे पार्टीलाई अन्सारीले आफ्नो नेतृत्वमा सही ट्रयाकमा ल्याउदै व्यक्ति भन्दा संगठन बनाउनेतिर ध्यानकेन्द्रित गर्दै ग्राउन्ड लेभलबाट पार्टीलाई मजबुत बनाउदै लाग्नुभयो` सुनसरी क्षेत्र नम्बर ४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका मनोज साहले भने । सुनसरीको दक्षिणवर्ती भेगमा मात्रै नभई जिल्लास्तरमा प्रभावशाली छवि बनाएका सोही गफार अन्सारीलाई पुरानो घर अर्थात काङ्ग्रेस फर्काउन क्षेत्रीय सभापति ऐयुब अन्सारीले उहाँलाई कन्भिन्स गराएर फर्काएका कारण आज काङ्ग्रेस पार्टी बलियो बनेको उनको भनाइ छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका गफार अहिले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष छन् । गफार अन्सारी जस्ता सक्षम र योग्य व्यक्ति नेपाली काङ्ग्रेसमा आएमा केही व्यक्तिले आफ्नो राजनीतिक भविष्यमा समाप्त हुने भयले उहाँलाई पार्टीमा ल्याउन नदिन अनेकौं षड्यन्त्र गरेपनि आफूले त्यसलाई सफल हुन नदिएको सभापति ऐयुब अन्सारी बताउँछन् । स्वच्छ र सक्षमछवि भएका योग्य,ईमानदार र असल व्यक्तिलाई पार्टीमा ल्याउदा केही साथीहरूले विरोध गर्दै ल्याउन नदिन अनेकौं जालझेल गरे उनले भने आज मैले गफार अन्सारीजस्ता व्यक्तिलाई पार्टीमा ल्याएर के गल्ती गरे ? सभापति अन्सारीले प्रश्न गर्दै भने योग्य,इमानदार र जनप्रीय व्यक्तिलाई पार्टीमा ल्याउनु हुँदैन थियो ? विविध कारणले विभिन्न समयमा पार्टीबाट असन्तुष्ट भएका पुराना तथा अन्यगरी लगभग चारहजार व्यक्तिलाई आफ्नो नेतृत्वमा पार्टी प्रवेश गराउदै उनीहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा स्थान दिदै आएकाले सुनसरी क्षेत्र नम्बर ४ काङ्ग्रेसमय बनेको सभापति ऐयुब अन्सारीको कथन छ । संगठन सुदृढीकरण गर्दै वडा वडा गाउँ गाउँमा नेपाली काङ्ग्रेसलाई सक्रिय बनाउदै पार्टीका उम्मेदवारहरुलाई जिताएर सफलतापूर्वक आफ्नो दायित्व निर्वाह गरेको उनको भनाइ छ । सुनसरी क्षेत्र नम्बर ४ मा वराह नगरपालिका–६ देखि ११ वडा, इनरुवा नगरपालिका ३, ४ र ८ , रामधुनी नगरपालिका वडानम्बर ४, हरिनगर गाउँपालिकाका १ देखि ७ नम्बर वडा तथा भोक्राहा नरसिंह र कोशी गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा जम्मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । निर्वाचित भएदेखि नियमितरूपमा जनतासमक्ष आउने गरेका नेतामा पर्ने ऐयुब दिएका आश्वासन पूरा गर्ने व्यक्ति हुन । शालीन स्वभावका उनले निर्वाचन क्षेत्रका प्रत्येक वडा–वडामा पुग्दै जनताका समस्या बुझ्दै आएका छन् ।
सभापतिमा पुनः अन्सारी नै किन ?
भरोसायोग्य व्यक्तित्व ऐयुब अन्सारी सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका नेपाली काङ्ग्रेसका आमनेताकार्यकर्ताका निम्ति मात्रै नभई समग्र सुनसरीहुँदै प्रदेश र केन्द्रियस्तरसम्म भरोसायोग्य नेता हुन् । ऐयुब अन्सारीले प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्दैनन् भन्ने विश्वास नेताकार्यकर्ताले गरेका छन् । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराइल मन्सुरी भन्छन् सुनसरी जिल्लामा उहाँजस्तो भरपर्न सकिने नेता एकदमै थोरै छन् त्यसैले अहिले १४ औं महाधिवेशनका बेला नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको ध्यान उहाँप्रति आकर्षित भएको छ । ´ऐयुब अन्सारीमा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ उनले अगाडि थपे । त्यसैले ऐयुब अन्सारी क्षेत्रीय सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।` स्थानीय तहको निर्वाचनमासाविकको हरिपुर,श्रीपुर,पश्चिम कुसाहा र लौकही गाविस मिलेर बनेको कोशी गाउँपालीका विगत काङ्ग्रेस पराजय भएकोमा हाल बहुमत वडासहित काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकारका साथै सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालीका र इनरुवा नगरपालिकामा नेपाली काङ्ग्रेसको सरकार निर्वाचित गराउनु सभापति ऐयुब अन्सारीको सफलता देखिएको छ ।

यसैगरी विगतमा दुईपटक संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट काङ्ग्रेसका उम्मेदवार पराजित भएकोमा सभापति अन्सारीकै नेतृत्वमा सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीलाई संघीय सांसदमा निर्वाचित गराउनुका साथै दुईमध्ये एक प्रदेश सांसद समेत जिताएर नेपाली काङ्ग्रेसको विरासत फर्काइयो । साविकमा कम्युनिस्टको गढ मानिने बराहक्षेत्रको ६ मध्ये एउटा वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए । २०७२ मा क्षेत्रीय सभापतिमा जिम्मेवार सम्हाल्दै झोलामा रहेको नेपाली काङ्ग्रेस पार्टी कार्यालयलाई तत्कालै भाडा कोठा लिई व्यवस्थित रूपमा कार्यालय संचालन गर्दै नियमितरूपमा पार्टीको बैठक बस्ने परिपाटीको सुरुवात सभापति ऐयुब अन्सारी गरे । प्रकाशपुरमा पार्टीको आन्तरिक विवाद जिल्लास्तरबाट समेत समाधान हुन नसकेपछि सभापति अन्सारीको नेतृत्वमा भएको सहजीकरणबाट विवाद समाधान भई अहिले बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नेपाली काङ्ग्रेसमय बनेको दाबी गरिएको छ । १४ औं महाधिवेशनअघि सुनसरी क्षेत्र नम्बर ४ मा केन्द्रस्तरमा पहल गर्दै सभापति अन्सारीले विगतको भन्दा तीनगुणा क्रियाशील सदस्यता बढाएका छन् ।

१३ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बखत सभापति अन्सारीले १०० जनालाई रोजगार दिने, पार्टी कार्यालय बनाउने,अधिकांश स्थानीय तहमा काङ्ग्रेसका उम्मेदवार जिताउने घोषणा गरेकोमा सयौं व्यक्तिलाई रोजगारी दिएर पार्टीको कार्यालय स्थापनासँगै अधिकांश वडामा काङ्ग्रेसका उम्मेदवार जिताउन सफल भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ का सभापति अन्सारीको आग्रहमा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको
पहलमा क्षेत्रकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा हल कोशी गाउँपालीका १ स्थित लौकहीमा निर्माणाधीन छ । सभापति ऐयुब अन्सारीले आफ्नो पहल र माननीय मन्त्री कार्कीको सहयोगमा लौकही भन्सारदेखि रामधुनीसम्म भेडेटार सडक, राजाबास कबर्ड हल, सन्त नेता कृष्णप्रसाद भट्टराई बाल्यकालमा बसोबास गरेको ऐतिहासिक स्थान बराहक्षेत्र नगरपालिका ७ मा अवस्थित रहेको सप्तकोशी बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण गर्दै शैक्षिक सामाग्री सहयोग, रामधुनी बैठारदेखि महेन्द्रनगर चक्रघट्टीसम्म १८ किलोमिटर सडक निर्माण, इनरुवा नगरपालिका ८ बंकुलवाको पुल निर्माण, हरिनगर गाउँपालीका ६ स्थित अर्नामामा पुल निर्माण, सुनसरी खोलाको विभिन्न ठाउँमा क्रेटिङ्गलगायतका विकास निर्माणकार्य आफ्नो नेतृत्वमा गर्न सफल उनले बताए ।

केन्द्रमा नेपाली काङ्ग्रेस नेतृत्वको सरकार बन्नसाथ वर्षौंदेखि चक्रघट्टीदेखि हरिपुरसम्म रहेको सुकुम्बासी समस्या समाधानका विशेष पहलसँगै कोशी टप्पुबाट निस्किने जनावर नियन्त्रणका लागि केन्द्र सरकारको पटकपटक ध्यानाकर्षण गराउदै आएको सभापति अन्सारी बताउँछन् । १३ औं महाधिवेशनबाट क्षेत्रीय जिम्मेवारी दिएकोमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले संगठनलाई अझ सुदृढ,सशक्त बनाउदै,स्थानीय,प्रदेश र संघीय निर्वाचनमा आगामी निर्वाचनमा समेत शतप्रतिशत नतिजा ल्याई सुनसरी क्षेत्र नम्बर ४ का जनताका समस्या समाधान गर्दै जनभावनाअनुसार काम गर्ने उद्देश्यले क्षेत्रीय सभापतिमा आफूले पुनः उम्मेदवारी दिएको सभापति अन्सारीको भनाइ छ । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पद निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको बताउने उनले आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकता अनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने बताउँछन् ।
मंसिर ३ गते हुने प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४ प्रदेश सभा ‘ख’ का सभापति हारुण अन्सारी, उपसभापति शिवहरी श्रेष्ठ, सचिव नजामुद्धिन अन्सारी(नइम) र विष्णु मण्डल र प्रदेश सभा ‘क’ का सभापति उपेन्द्र कट्वाल,उपसभापति वाजुद्दिन मन्सुरी र
मधुकर तामाङ, सचिव पदमा दिपक सिग्देल र अमरेन्द्रकुमार मेहता, सहसचिव पदमा आशिष राई र मनोज खड्कालगायतको टीमलाई विजयी गराउन ऐयुब अन्सारी नेतृत्वको टीमले आग्रह गरेको छ ।
सुनसरी क्षेत्र नम्बर–४ का सभापति पदमा ऐयुब अन्सारी, सचिवमा रोशनकुमार खड्का र जुगेश्वर यादव तथा सहसचिवमा जितेन्द्र यादव लगायतका उम्मेदवार रहेका छन् भने ऐयुब अन्सारी नेतृत्वको टीमबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने सातजना महिला उम्मेदवारहरुमा अनितादेवी यादव, मुना रिजाल, अनु गुरुङ, शुशिला खनाल पौडेल, मिरा पोखरेल, फरिदा खातुन र राधिका कटुवाल रहेकी छिन् । उम्मेदवारहरुको टुंगो लागेसँगै प्रचारप्रसार अभियानलाई उनीहरूले तीव्रता दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, सदानन्द मण्डल, मनोज साह,शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला,हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,परमानन्द मेहता, जीवन विष्ट, सुरेन्द्र गुप्ता, राजु ढकाल, लक्ष्मी फुयाल, प्रकाश खड्का, सरजुग सरदार, बौवालाल मेहतालगायत देखिएका छन् । नेपाली काङ्ग्रेसको संशोधित कार्यतालिकाअनुसार १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन,मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २७ गतेदेखि पुस १ गतेसम्म केन्द्रिय महाधिवेशन गर्ने तालिका रहेकोे छ ।









