इनरुवा । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ का सभापति पदमा हारुण अन्सारी र भिखारी मण्डलले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको कार्यतालिका अनुसार मंसिर ३ गते उनीहरुले मनोनयन दर्ता गराएका हुन ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ मा सभापति पदमा अन्सारी र मण्डलका टिमका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ । प्रदेश सभा ‘ख’ मा सहमति हुन नसकेपछि आ–आफनो टिम बनाई चुनावी प्रसार प्रचार गर्दै मंसिर ३ गते तालिका अनुसार मनोनयन दर्ता गराएपछि शनिवार निर्वाचन प्रक्रियाअनुसार मतदान हुनेछ । सुनसरी क्षेत्र नम्बर–४ प्रदेशसभा ‘ख’ का सभापति पदमा उम्मेदवार हारुण अन्सारीले पुनः सभापति पदमा मनोनयन दर्ता गराएपछि प्रदेशसभा ‘ख’ का मतदाताहरुले दुई समुहलाई मतदान गर्ने भएको हो । सभापति पदका उम्मेदवार अन्सारी बलियो उम्मेदवारका रुपमा देखिएकाले पुनः अन्सारीकै नेतृत्वको टिमलाई निर्वाचित हुने सम्भावना देखिएको भोक्राका नरसिंह गाउँपालीका ६ नेपाली काङ्ग्रेसका वडा सभापति जमालउद्दिन मन्सुरी बताउँछन् ।

प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीको टिमबाट मनोनयन दर्ता गरेपछि शनिवार हुने निर्वाचनबाट बिजयी हुने सम्भावना प्रबल देखिएको उनको दाबी छ् । यसैगरी उपसभापति पदका उम्मेदवारहरु केशरीराज अधिकारी, शिवहरि श्रेष्ठ, सूर्यकुमार निरौला र हिरालाल पाल गडेरी रहेका छन् । सचिव पदका उम्मेदवारहरु दाउद अन्सारी, नजामुद्धिन अन्सारी(नईम), विष्णुदेव मण्डल र रमेश कुमार मेहता रहेका छन् । त्यसैगरी सह–सचिव पदका उम्मेदवारहरु मो.दाउद अन्सारी, रामदेव मेहता, लक्ष्मी प्रसाद मेहता र सुधांशु दास रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा क्षेत्रीय सदस्यका उम्मेदवारहरु नारायणप्रसाद दुलाल,पदमबहादुर बस्नेत, प्रकाश कार्की, प्रेमलाता उराँव महिलातर्फबाट, मो. गफार हुसेन र सहनाज खातुन मुस्लिम महिलातर्फबाट उम्मेदवारी दिएकी छिन् ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फबाट अजमल अख्तर मियाँ, ऋषिराम सुवेदी, कृष्ण कुमार भगत(बब्लु), गुरुदेव चौधरी भोर, जोगिन्द्र साह, जिब्राइल अन्सारी, तिलक राज पोखरेल(मनोहर),निर्मल कुमार कोइराला, बज्रमोहन साह, मो.जलाउद्धिन हुसैन, राजेश पोखरेल, रामानन्द प्रसाद मण्डल, लक्ष्मण यादव र शुशिल कुमार ठाकुर रहेका छन् । त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि महिलातर्फका उम्मेदवारहरु अम्बिका घिमिरे,केसरी कुमारी थरुनी, बिन्दु कुमारी पन्त, रोनिशा श्रेष्ठ, लिला देवी मलाहा र शान्तिदेवी मेहता रहेका छन् । प्रदेश अधिवेशनमा सुनसरी क्षेत्र नम्बर–४ को प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारीको टिममा उपसभापतिहरु शिवहरी श्रेष्ठ केशरीराज अधिकारी, सचिव पदमा नजामुद्धिन अन्सारी(नईम) र विष्णुदेव मण्डल, सह–सचिव पदमा मो. दाउद अन्सारी र रामदेव मेहता रहेका छन् ।

सभापति हारुण अन्सारी नेतृत्वको टिमबाट प्रतिनिधि सभा क्षेत्रीय सदस्यहरुमा नारायण प्रसाद दुलाल, मो. गफार हुसेन, सहनाज खातुन रहेका छन भने प्रदेश अधिवेशन प्रतिनिधिको प्रत्यक्ष खुल्लातर्फबाट ऋषिराम सुवेदी, गुरुदेव चौधरी भोर, जिब्राइल अन्सारी, बज्रमोहन साह, राजेश पोखरेल, लक्ष्मण यादव र शुशिल कुमार ठाकुर रहेका छन् । त्यसैगरी हारुण अन्सारीको नेतृत्वको टिमबाट प्रदेश अधिवेशन प्रतिनिधिको महिलातर्फबाट अम्बिका घिमिरे, रोनिशा श्रेष्ठ र शान्तिदेवी मेहता रहेका छन् । प्रदेश सभा ‘ख’ का सभापति पदका उम्मेदवार हारुण अन्सारीले आफनो प्यानललाई मतदान गरी अत्याधिक मतले बिजीय गराउन अपिल गरेका छन् । नेपाली काङ्ग्रेस पार्टीलाई बलियो बनाउन निरन्तर जनअपेक्षाअनुसार काम गर्दै आएकाले आफनो नेतृत्वमा प्रदेश सभा ‘ख’ का उम्मेदवारहरुलाई मतदान गरी मतदाताहरुको साथ, सहयोगबाट प्यानलसहित बिजयी हुनेमा आफू ढुक्क रहेको उनले बताए ।

यसैगरी सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा ‘क’ को सभापति पदको लागि उपेन्द्र कट्वाल,उपसभापति वाजुद्दिन मन्सुरी र मधुकर तामाङ, सचिव पदमा दिपक सिग्देल र अमरेन्द्रकुमार मेहता, सहसचिव पदमा आशिष राई र मनोज खड्काले शनिबार मनोनयन दर्ता गराएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट वर्तमान क्षेत्रीय सभापति ऐयुब अन्सारी नेतृत्वको प्यानलबाट प्रदेशसभा `ख´ को सभापतिमा उम्मेदवारी दिएका हारुण अन्सारी र प्रदेशसभा `क´ को सभापतिमा उम्मेदवारी दिएका उपेन्द्र कटुवाल नेतृत्वको प्यानल बलियो देखिएकाले प्यानलसहित निर्वाचित हुने सम्भावना रहेको नेपाली काङ्ग्रेस नेताकार्यकर्ता बताउँछन् ।








