ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

१४ औं महाधिवेशन :´गुटभन्दा माथि उठौं,असल नेतृत्व चुनौं`

आवर कोशी by आवर कोशी
मंसिर ४, २०७८
सुनसरी ४ काङ्ग्रेसमय बनाउने ऐयुब अन्सारी को हुन ?
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङ्ग्रेसलाई हाक्न सक्ने असल र कुशल नेतृत्व १४ औं महाधिवेशनबाट छान्नुपर्नेमा सुनसरीका नेताहरुले जोड दिएका छन् । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले बुधबार आयोजना गरेर कार्यक्रममा बोल्ने वक्ताहरुले व्यक्ति भन्दा संगठन बलियो बनाउनुपर्नेमा जोड दिदै गुट उपगुटभन्दा माथि उठेर सबैलाई मिलाएर लानसक्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेकोे बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा वर्तमान शेरबहादुर देउवा सरकारमा सूचनासंचार तथा प्रविधि मन्त्रीसँगै सरकारका प्रवक्ता समेत रहेका समेत ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको सभापतित्वमा आयोजना गरिएको सुनसरी क्षेत्र नम्बर ४ प्रदेशसभा क्षेत्र नम्बर ´क` र ´ख ` तथा प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले सकभर सहमतिमा नै नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए ।

जनआकांक्षा पूरा गर्नेलाई मेरो समर्थन : मन्त्री कार्की

सूचना संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १४ औं महाधिवेशनबाट जनआकांक्षा अनुसार काम गर्ने व्यक्तिलाई आफ्नो समर्थन रहेकोे स्पष्ट पार्दै काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पुर्‍याउने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । १४ औं महाधिवेशन काङ्ग्रेसका निम्ति उत्सवको रूपमा रहेको बताउदै उनले भने ´जिल्ला सभापतिलाई लगायत सबै मिलेर सर्वसहमतीमै नयाँ नेतृत्व चयन गर्नोस् यदि त्यस्तो हुन् सकेन भने नेपाली काङ्ग्रेस पार्टीलाई जनताको घरदैलोमा पुर्‍याउने व्यक्तिलाई निर्वाचित गराऔं ।` भावना,उत्तेजनामा आएर होइन गम्भीर भएर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै मन्त्री कार्कीले अगाडि थप्दै भने ´तपाईंको एक भोटले लोकतन्त्र कता लाने भन्ने निर्णय गर्नेछ । त्यसैले भावनामा बगेर होइन गम्भीर भएर नेतृत्व चयन गर्नुपर्ने आवश्यकता छ ।`

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको नेतृत्वमा जनताका भावनाअनुसार काम गरिएको बताउदै उनले नेपाली जनता चेतनशील रहेकाले अबका दिनमा भाषणअनुसार काम गरिनुपर्नेमा जोड दिए । नेपाली जनताले मात्रै नभई अन्तर्राष्ट्रिय जगतले शेरबहादुर देउवा नेतृत्वको सरकार चाहेको दाबी गर्दै मन्त्री कार्कीले नेपाली काङ्ग्रेस १४ औं ´महाधिवेशनबाट देउवा नै सभापतिमा निर्वाचित हुनेमा आफू विश्वस्त रहेको बताए । ´जनताले भरोसालायक काङ्ग्रेस चाहेको छ `उनले भने ´त्यसैले क्षेत्रदेखि केन्द्रसम्म सहि नेतृत्व छनोट गर्नुपर्ने आजको आवश्यकता हो ।`

काम गर्ने नेतृत्व चुनौ : सांसद सिताराम मेहता

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद तथा पूर्व राज्यमन्त्री सिताराम मेहताले भाषण गर्ने नभई काम गर्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेकोे बताएका छन् ।

एकअर्काको विरोध गर्नुभन्दा नेपाली काङ्ग्रेसलाई मिलाएर लानसक्ने असल र सफल नेतृत्व १४ औं महाधिवेशनबाट ल्याउनुपर्ने उनको भनाइ छ । गरिबका नेता भनेर आफूलाई चिनाउने सांसद मेहताले भने ´गुटभन्दा माथि उठौं, नेपाली काङ्ग्रेसलाई हाक्नसक्ने जनहितमा काम गर्ने नेतृत्व चुनौं ।`

सबैलाई समेट्ने नेतृत्व चयन गरौं : नेता कोइराला

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ नेपाली काङ्ग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले सबैलाई समेटेर लानसक्ने नेतृत्व १४ औं महाधिवेशनबाट छान्नुपर्ने आवश्यकता रहेको बताए ।

विगतमा देशैभर नेपाली काङ्ग्रेस असफल भएपनि सुनसरी एकढिक्का भएकै कारण स्थानीय तह,प्रदेश र संघीय निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार निर्वाचित गराउन सफल भएको स्मरण गराउदै उनले व्यक्ति भन्दा संगठन बलियो बनाउने नेतृत्व चयन गर्न सबैमा आग्रह गरेका थिए । सुनसरी क्षेत्र नम्बर ४ सभापति ऐयुब अन्सारीको नेतृत्वमा भएका राम्रो कामको अन्य क्षेत्रका सभापतिहरुले समेत सिक्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।

काङ्ग्रेस हाक्ने नेतृत्व चुनौ : सचिव भण्डारी

नेपाली काङ्ग्रेस पार्टीलाई हाक्नसक्ने असल,इमानदार र सक्षम व्यक्तिलाई १४ औं महाधिवेशनबाट नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता रहेको नेपाली काङ्ग्रेस सुनसरीका सचिव तथा जिल्ला सभापति पदका उम्मेदवारसमेत रहेका केदार भण्डारीले बताएका छन् ।

लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने पार्टी नेपाली काङ्ग्रेस भएकाले नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमार्फत सकभर सहमति मै नभई स्वच्छ प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनुपर्नेमा उनले जोड दिएका थिए ।

मेरो गोरुको बाह्रै टक्का नगरौं : मेयर मेहता

अवसर पाएर काम गरेका व्यक्तिको मूल्यांकन गरिनुपर्नेमा नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता एकअर्काको विरोध गर्न बढी समय खर्चिने गरेको बताउदै नेपाली काङ्ग्रेस इनरुवा नगर सभापति तथा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले मेरो गोरुको बाह्रै टक्का नगरी संगठन बलियो बनाउदै जनभावनाअनुसार काम गर्ने नेतृत्व चयन गर्न आग्रह गरे । तेरो मेरो नभनी हाम्रो नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदै उनले भने ´आज काङ्ग्रेसी नै काङ्ग्रेसीका दुश्मनमा भएका छन् चिया पसलमै सरकार ढाल्नेदेखि बनाउनेसम्मका कुरा गर्छन् ।` काम गर्ने सिलसिलामा भएका कमिकमजोरी देखाउनुभन्दा राम्रो गर्न खोज्ने व्यक्तिको मनोबल गिराउने काम दु:खद भएको मेयर मेहताको कथन छ ।

नेपाली काङ्ग्रेसको १४ महाधिवेशनबाट अग्रजलाई सम्मान गर्दै जोस जाँगर भएका युवा नेतृत्व चयन गर्नुपर्ने बताउदै उनले भने ´ हामी भनेको पल्केका घोडा हौं,हाम्रा अग्रज भने लम्केका हात्ती हुन ; त्यसैले उहाँहरुको सम्मान गर्दै राम्रा कुरा अनुसरण गरेर अगाडि बढौं सहि नेतृत्व चुनौं ।`

स्वच्छ र सक्षम व्यक्तिलाई छानौं : सभापति अन्सारी

१३ औं महाधिवेशनबाट तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ सँगै समायोजित क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिको जिम्मेवारी पाएपछि संगठन सुदृढीकरण गर्दै विकास निर्माणकार्यमा भूमिका निर्वाह गर्दै आएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्षसमेत रहेका ऐयुब अन्सारीले बताएका छन् । नेपाली राजनीतिको लागि ऐतिहासिक भूमि मानिएको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको क्षेत्र भनेर चिनिने सुनसरी ४ मा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार पराजित भएकोमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका कारण ४ नम्बर क्षेत्रबाट संघीय सांसदका साथै दुईमध्ये एक प्रदेश सांसद काङ्ग्रेसले जितेको सभापति अन्सारी बताउँछन् । त्यति मात्र नभई सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालीका र इनरुवा नगरपालिकामा काङ्ग्रेसका उम्मेदवारहरुलाई वडादेखि पालीकास्तरमा निर्वाचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

कुनै गुट उपगुट नभई समग्र नेपाली काङ्ग्रेस पार्टी बलियो बनाउने लक्ष्यअनुसार आफू काम गर्दै आएको बताउने सभापति अन्सारीले १४ औं महाधिवेशनबाट स्वच्छ,सक्षम र जनभावनाअनुसार काम गर्ने नेतृत्व चयन गर्ने वडासभापति,क्षेत्रीय प्रतिनिधि,पालीका र नगरसभापतिहरुलाई अपिल गरे ।´हिजो पनि कसैको विरुद्ध चुनाव लडेको थिए,आज म विरुद्ध कोही उठेका छन् त्यो स्वाभाविक कुरा हो` उनले भने । लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने पार्टीका सिपाही भएकाले चुनावी प्रतिस्पर्धालाई स्वभाविक तवरले लिन्छौं सभापति अध्यक्ष अन्सारीले थप्दै भने ´हामी काम गर्ने हो जुन मैले पाएको जिम्मेवारी सफलतापूर्वक गरेर देखाएको छु; एकअर्काका पछाडि लाग्ने होइनन् जसको कारण पार्टीलाई कुनै किसिमको हानी नोक्सानी होस् ।`

नेपाली काङ्ग्रेसको संशोधित कार्यतालिकाअनुसार १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन,मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २७ गतेदेखि पुस १ गतेसम्म केन्द्रिय महाधिवेशन गर्ने तालिका रहेकोे छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.