ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ : यसकारण चाहिन्छ सभापतिमा ऐयुब अन्सारी

आवर कोशी by आवर कोशी
मंसिर ६, २०७८
सुनसरी ४ काङ्ग्रेसमय बनाउने ऐयुब अन्सारी को हुन ?
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।सालिन र हसिलो स्वभावका व्यक्तित्व ऐयुब अन्सारी सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका नेपाली काङ्ग्रेसका आमनेताकार्यकर्ताका निम्ति मात्रै नभई समग्र सुनसरीहुँदै केन्द्रियस्तरसम्म भरोसायोग्य गर्ने नेता हुन् । ऐयुब अन्सारीले प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्दैनन् भन्ने विश्वास नेताकार्यकर्ताले गरेका छन् । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराइल मन्सुरी भन्छन् सुनसरी जिल्लामा उहाँजस्तो भरपर्न सकिने नेता एकदमै थोरै छन् त्यसैले अहिले १४ औं महाधिवेशनका बेला नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको ध्यान उहाँप्रति आकर्षित भएको छ । ´ऐयुब अन्सारीमा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ उनले अगाडि थपे । त्यसैले ऐयुब अन्सारी क्षेत्रीय सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।` स्थानीय तहको निर्वाचनमासाविकको हरिपुर,श्रीपुर,पश्चिम कुसाहा र लौकही गाविस मिलेर बनेको कोशी गाउँपालीका विगत काङ्ग्रेस पराजय भएकोमा हाल बहुमत वडासहित काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकारका साथै सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालीका र इनरुवा नगरपालिकामा नेपाली काङ्ग्रेसको सरकार निर्वाचित गराउनु सभापति ऐयुब अन्सारीको सफलता देखिएको छ ।

यसैगरी विगतमा दुईपटक संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट काङ्ग्रेसका उम्मेदवार पराजित भएकोमा सभापति अन्सारीकै नेतृत्वमा सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीलाई संघीय सांसदमा निर्वाचित गराउनुका साथै दुईमध्ये एक प्रदेश सांसद समेत जिताएर नेपाली काङ्ग्रेसको विरासत फर्काइयो । साविकमा कम्युनिस्टको गढ मानिने बराहक्षेत्रको ६ मध्ये एउटा वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए । २०७२ मा क्षेत्रीय सभापतिमा जिम्मेवार सम्हाल्दै झोलामा रहेको नेपाली काङ्ग्रेस पार्टी कार्यालयलाई तत्कालै भाडा कोठा लिई व्यवस्थित रूपमा कार्यालय संचालन गर्दै नियमितरूपमा पार्टीको बैठक बस्ने परिपाटीको सुरुवात सभापति ऐयुब अन्सारी गरे । प्रकाशपुरमा पार्टीको आन्तरिक विवाद जिल्लास्तरबाट समेत समाधान हुन नसकेपछि सभापति अन्सारीको नेतृत्वमा भएको सहजीकरणबाट विवाद समाधान भई अहिले बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नेपाली काङ्ग्रेसमय बनेको दाबी गरिएको छ । १४ औं महाधिवेशनअघि सुनसरी क्षेत्र नम्बर ४ मा केन्द्रस्तरमा पहल गर्दै सभापति अन्सारीले विगतको भन्दा तीनगुणा क्रियाशील सदस्यता बढाएका छन् ।

१३ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बखत सभापति अन्सारीले १०० जनालाई रोजगार दिने, पार्टी कार्यालय बनाउने,अधिकांश स्थानीय तहमा काङ्ग्रेसका उम्मेदवार जिताउने घोषणा गरेकोमा सयौं व्यक्तिलाई रोजगारी दिएर पार्टीको कार्यालय स्थापनासँगै अधिकांश वडामा काङ्ग्रेसका उम्मेदवार जिताउन सफल भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ का सभापति अन्सारीको आग्रहमा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा क्षेत्रकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा हल कोशी गाउँपालीका १ स्थित लौकहीमा निर्माणाधीन छ । सभापति ऐयुब अन्सारीले आफ्नो पहल र माननीय मन्त्री कार्कीको सहयोगमा लौकही भन्सारदेखि रामधुनीसम्म भेडेटार सडक, राजाबास कबर्ड हल, सन्त नेता कृष्णप्रसाद भट्टराई बाल्यकालमा बसोबास गरेको ऐतिहासिक स्थान बराहक्षेत्र नगरपालिका ७ मा अवस्थित रहेको सप्तकोशी बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण गर्दै शैक्षिक सामाग्री सहयोग, रामधुनी बैठारदेखि महेन्द्रनगर चक्रघट्टीसम्म १८ किलोमिटर सडक निर्माण, इनरुवा नगरपालिका ८ बंकुलवाको पुल निर्माण, हरिनगर गाउँपालीका ६ स्थित अर्नामामा पुल निर्माण, सुनसरी खोलाको विभिन्न ठाउँमा क्रेटिङ्गलगायतका विकास निर्माणकार्य आफ्नो नेतृत्वमा गर्न सफल उनले बताए ।

केन्द्रमा नेपाली काङ्ग्रेस नेतृत्वको सरकार बन्नसाथ वर्षौंदेखि चक्रघट्टीदेखि हरिपुरसम्म रहेको सुकुम्बासी समस्या समाधानका विशेष पहलसँगै कोशी टप्पुबाट निस्किने जनावर नियन्त्रणका लागि केन्द्र सरकारको पटकपटक ध्यानाकर्षण गराउदै आएको सभापति अन्सारी बताउँछन् । १३ औं महाधिवेशनबाट क्षेत्रीय जिम्मेवारी दिएकोमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले संगठनलाई अझ सुदृढ,सशक्त बनाउदै,स्थानीय,प्रदेश र संघीय निर्वाचनमा आगामी निर्वाचनमा समेत शतप्रतिशत नतिजा ल्याई सुनसरी क्षेत्र नम्बर ४ का जनताका समस्या समाधान गर्दै जनभावनाअनुसार काम गर्ने उद्देश्यले क्षेत्रीय सभापतिमा आफूले पुनः उम्मेदवारी दिएको सभापति अन्सारीको भनाइ छ । आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पद निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको बताउने उनले आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकता अनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर–४ का सभापति पदमा ऐयुब अन्सारी, सचिवमा रोशनकुमार खड्का र जुगेश्वर यादव तथा सहसचिवमा जितेन्द्र यादव सन्तकुमार राई लगायतका उम्मेदवार रहेका छन् भने ऐयुब अन्सारी नेतृत्वको टीमबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्ने सातजना महिला उम्मेदवारहरुमा अनितादेवी यादव, मुना रिजाल, अनु गुरुङ, शुशिला खनाल पौडेल, मिरा पोखरेल, फरिदा खातुन र राधिका कटुवाल रहेकी छिन् । सुनसरी क्षेत्र नम्बर ४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, सदानन्द मण्डल, मनोज साह,शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला,हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,परमानन्द मेहता, जीवन विष्ट, सुरेन्द्र गुप्ता, राजु ढकाल, लक्ष्मी फुयाल, प्रकाश खड्का, सरजुग सरदार, बौवालाल मेहतालगायत देखिएका छन् । नेपाली काङ्ग्रेसको संशोधित कार्यतालिकाअनुसार १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते सम्पन्न प्रदेशसभा निर्वाचनको परिणामले समेत क्षेत्रीय सभापति ऐयुब अन्सारी नेतृत्वको प्यानल विजयी हुने सम्भावना थप बढेको स्थानीय नेताकार्यकर्ता बताउँछन् । आज सोमबार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन हुँदैछ भने मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २७ गतेदेखि पुस १ गतेसम्म केन्द्रिय महाधिवेशन गर्ने तालिका रहेकोे छ ।

नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इसराइल मन्सुरी, सचिव नईम अन्सारी, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का निवर्तमान सचिव राजेन्द्रप्रसाद मेहता, सुनसरी क्षेत्र नम्बर ४ बाट १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार मनोजकुमार साहलगायतसँगको कुराकानीमा आधारित

Related Posts

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

by आवर कोशी
कार्तिक ४, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालिका– ८ भण्टाबारी स्थित चारकुने नाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी र...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

by आवर कोशी
कार्तिक २, २०८२
0

कोशी गाउँपालिका वडा नम्बर ८ शर्मा टोलमा शनिवार राति करिब ९ बजे नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
अपराध

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ

by आवर कोशी
कार्तिक ५, २०८२
0

सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...

Read more
कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कोशीबाट ब्राउन सुगर सहित दुईजना पक्राउ

कार्तिक ४, २०८२
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

कार्तिक ४, २०८२
कोशीमा नवजात शिशु बेवारिसे फेला

कोशीमा नवजात शिशु बेवारिसे फेला

कार्तिक २, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

अशोज २६, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1650 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    519 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    378 shares
    Share 151 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.