लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ को ताजा मत परिणामअनुसार ऐयुब अन्सारी नेतृत्वको प्यानल अगाडि देखिएको छ । हिजोसम्पन्न मतदानमा खसेको ६५४ मध्ये पछिल्लो मतपरिणामअनुसार ३ सयको मतगन्ना हुँदा वर्तमान सभापति अन्सारी नेतृत्वको प्यानल अगाडि देखिएको हो ।
यस्तो छ ताजा मतपरिणाम
प्रत्यक्ष महिलातर्फ कल्पना कार्की ९५, जमुनागौतम पोखरेल १०६, मिराकुमारी पोखरेल १६४, मुना अधिकारी १६१, मोती श्रेष्ठ ८१, राधिका कटुवाल १५३, विजया कटुवाल ११८, सुशीला खनाल पौडेल १६७, केन्द्रीय महाधिवेशन पुरुषतर्फ ओम कोइराला १६९, कृष्ण अधिकारी ८९, चित्रबहादुर कार्की ९६, जीवन विष्ट ११३, डिल्ली कार्की ९९, हाजी ताहिर मियाँ ९९, नन्दकुमार सिग्देल १७६, प्रकाश कोइराला ८७, प्रमोद खेरबार १६०, परमानन्द मेहता १६०,भिम कटुवाल १७२, भीमसिंह गुरुङ १५९, मानेशकुमारी चौधरी मनिष ७१, मो. नईम मंसुरी ५८, रेवतीरमण दुलाल १६७, लक्ष्यप्रसाद फुयाल ३०, शम्भु साह ९९, शंकर बस्नेत ३७, शिवकुमार रायमाझी ७६, शत्रुघन प्रसाद यादव १६७, सिकमलाल यादव १६३, हरिलाल मेहता १६१, खस आर्यतर्फ बाबुराम विष्ट १२८ र रामबहादुर बस्नेत १०७,आदिवासी जनजाति महिलातर्फ अनु गुरुङ १८८ र शिववती धामी ८४, आदिवासी जनजाति पुरुषतर्फ सदानन्द मण्डल १६७ र सुर्यदेव दास उराँव ११०, मधेसी महिलातर्फ अनिता यादव १८८ र निर्मला मेहता ७९, मधेसी पुरुषतर्फ मनोज साह १८६ र कुन्जीलाल यादव ८८, रमानन्द पण्डित ९२, सुरेन्द्र गुप्ता १६९, दलिततर्फ बालसुधार परियार ९५, बौवालाल खत्वे १९ र सरजुग सरदार १५९, मुस्लिम महिलातर्फ फरिदा खातुन १८१ र सहनाज बेगम ८३, मुस्लिम पुरुषतर्फ अबुल हुसेन अन्सारी १८३,गफार अन्सारी १८४, अलाउअद्दिन हुसेन १०२ र नैमुद्दिन खाँ ७५, थारु अल्पसंख्यक वा अपांगतर्फ इरफान मिय १७३ र कालुराम चौधरीले १०३ मत ल्याएका छन् ।








