ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

उप–सभापतिमा उम्मेदवारी दिएका गफार अन्सारी को हुन ?

आवर कोशी by आवर कोशी
मंसिर ११, २०७८
उप–सभापतिमा उम्मेदवारी दिएका गफार अन्सारी को हुन ?
84
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नेपाली काँग्रेस सुनसरीको उप–सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत ३० वर्ष देखि नेपाली काङ्ग्रेसबाट सक्रिय भई राजनीतिमा सक्रिय रहेको बताउदै अन्सारीले आफू नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला उपसभापति पदको उम्मेदवारी भएको घोषणा गरे । निर्दलीय पञ्चायती व्यवस्थाको जगजगी भएका बेला उनलाई तत्कालिन नेपाली काँग्रेसको मुलुकमा बहुदलिय व्यवस्था स्थापना गर्ने एजेण्डाले पार्टीप्रति आर्कषित गरेको अन्सारीले बताउँदै नेपाली राजनीतिमा ३० वर्ष भन्दा बढी सक्रिय हुँदै जनता सेवामा लागि परको बताए ।

पुर्ण प्रजातन्त्र सहितको बहुदलिय व्यवस्थाको स्थापना गरिछाड्ने नेपाली काँग्रेसको संकल्पलाई पुरा गर्न दृढ भई लागेका अन्सारी २०४६ सालमा २२ बर्षकै उमेरमा सुनसरी जिल्लाको तत्कालिन भुटाहा गाविसमा नेपाली काँग्रेस पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिई गाविसको उपध्यक्षमा विजय भएका थिए । देश र जनताको सेवा गर्दै पञ्चायती व्यवस्थाका विकृति तथा विसंगतिहरुको भण्डारफोर गर्न गाउँ पञ्चायतमा पार्टीकै रणनिति अन्तर्गत सहभागी भएका अन्सारी लगायतको समुहले बहुदलिय व्यवस्था स्थापनाको आन्दोलनलाई अघि बढाउदै आफु उपप्रधानपञ्च भएर पनि जनताको कामप्रति चासो राखेर पार्टीको गतिविधि गर्दै आएको बताए ।

२०४६ सालमा भएको आन्दोलनमा अहोरात्र खटिएका अन्सारीलाई बहुदलिय व्यवस्था स्थापना पश्चात परिवार, नातागोता तथा मान्यजनबाट राजनितिमा रस बसेको र जनताका समस्या समाधान गर्दै प्राप्त हुने आनन्दलाई उनले सरकारी नोकरी सँग साटेनन, उनको इच्छा राजनिति मार्फत नै देश र जनताको सेवा गर्ने थियो ।जिल्लाभर हुने नेपाली काँग्रेसका गतिविधि तथा कार्यक्रममा सक्रिय उनी बहुदल स्थापना पश्चात नेपाली काँग्रेस भुटाहा गाविसको २ कार्यकाल उपाध्यक्ष निर्वाचित भई कार्य गरिसकेका साहसी युवा नेताको परिचित छन् । २०४६ साल देखि सुनसरी जिल्लाको सामाजिक सेवा र राजनितिप्रतिको उनमा चासो घटेन बरु अझ जोस जागरमा नै बृद्धि हुँदै गयो ।

अन्सारी पार्टी प्रतिको आस्था र विश्वास परिवर्तन हुने कुरा भएन । सामाजिक भावनाले ओतप्रोत भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट टिकट पाएर तत्कालिन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सुनसरी क्षेत्र नम्बर ५ मा जित्न हम्मेहम्मे बनाएका थिए । अन्सारीले यादवसँग झिनो मतले पराजित भएको थियो । झिनो मतले पराजित भएपछि अन्सारीको चर्चा देशभर नै भएको थियो । दोस्रो संविधानसभा निर्वाचन मत परिणामपछि सुनसरी जिल्लाका टप नेताका रुपमा आफनो नाम राख्न अन्सारीले सफल भए ।

नेपाली काँग्रेस सुनसरीले गफार अन्सारीको आवश्यकता महशुस गरेर पुनः काँग्रेसमा फर्काइएको थियो ।काँग्रेसले अन्सारीलाई आफ्नो पुरानो घर काँग्रेस पार्टीमा फर्काउन सफल भएपछि स्थानिय तहको निर्वाचनमा उनलाई कांग्रेसबाट टिकट दिएपछि उनी हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा भारी मतले बिजयी भएका थिए ।अन्सारी दक्षिण क्षेत्रका खम्बा मात्रै नभएर जिल्लाकै शक्तिशाली नेताको रुपमा चिनिएको छ ।अन्सारी सुनसरीको भुटाहामा बसेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको समस्या समाधान गर्न अहोरात्र खट्ने युवा नेता हुन् । सुनसरीको जनताको लागि पार्टी नहेरी सबैलाई साथ सहयोग गर्ने र जुनसुकै समस्यालाई समाधान गर्ने सबैको लोकप्रिय नेताको रुपमा आफनो छाप छोडेका अन्सारी जिल्लाको अधिवेशनमा सुनसरी कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर–४ मा अन्सारीले ३९८ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन् । सुनसरीमा राजीव कोईरालाको नेतृत्वमा कांग्रेसले हाँसिल गरेको उपलब्धिलाई जोगाउँदै संगठनलाई अझ सुदृढ र शसक्त बनाउन आफ्नो उपसभापतिमा दाबी रहेको अन्सारीको भनाई छ । पार्टी र सामाजिक गतिविधि बाहेक अन्य कुनै पेशा र व्यवसायमा संलग्न नभएकाले पार्टीमा विगत जस्तै पुर्णकालिन समय दिएर सुनसरीका सबै पालिका,प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा जिताउन आफु सक्रिय भएर लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.