इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी सभापति केदार भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी संजयप्रसाद श्रेष्ठले १३०९ मत ल्याई पराजित भएका छन् ।

यसैगरी उपसभापतिमा १३३५ मत ल्याई नगेशचन्द्र राई र १३१२ मत ल्याई पंकजकुमार महतो निर्वाचित भएका छन् उनीहरूका प्रतिद्वन्दी गफार मिया अन्सारीले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याई पराजित भएका छन् । त्यसैगरी सचिव पदमा १४६७ मत ल्याई विरेन्द्रकुमार साह र १२२९ मत ल्याई माधवकुमार घिसिङ निर्वाचित भएका छन् भने उनीहरूका प्रतिद्वन्दी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत ल्याई पराजित भएका छन् । त्यस्तै सहसचिव पदमा गणेश सुब्बाले १३०५ र मनिषकुमार रायले ११७७ मत ल्याई निर्वाचित भएका छन् ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








