इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार हुने १ नम्बर प्रदेश कार्य समिति सदस्यका लाई भोक्राहा नरसिंह गाउँपालीकाकि जुलेखा खातुनले उम्मेदवारी दिएकी छिन् । नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति प्रदेश नम्बर १ मुस्लिम कोटाबाट खातुनले उम्मेदवारी दर्ता गराएकी हुन ।
प्रदेश कार्य समिति सदस्य पदको लागि संस्थापन पक्षका उम्मेदवार उद्घवा थापाको प्यानलबाट सुनसरीकि जुलेखा खातुनले उम्मेदवारी दिएकी छिन् । प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार विहानदेखि हुने मतदानमा १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् । प्रदेश नम्बर १ मा संस्थापन पक्षका उम्मेदवार बलियो देखिएको छ ।








