भण्टाबारी । जनप्रतिनिधि निर्वाचित भएको करिब साढे चार वर्षको अवधिमा कोसी गाउँपालीकाको कार्यालयले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास,सुशासन प्रवर्द्धनलगायत कार्यमा गाउँपालीकाले उल्लेख्य उपलब्धि हासिल गरेको दाबि गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालीकाले शिक्षाको स्तरका साथै पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउदै कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास निर्माणकार्यलाई थप तीव्रता दिने योजना रहेको बताउँछन् । शिलान्यास गरिएको भवन संचालनमा आएपछि मदरसामा अध्ययन अध्यापन गर्न गराउन सहज हुने उनको भनाइ छ । विकास निर्माणकार्य वा शिक्षाको स्तर सुधार गर्न आफू निर्वाचित भएदेखि लागिपरेको बताउने अध्यक्ष अन्सारीले त्यसमा राजनीति नगर्न सबैलाई ध्यानाकर्षण समेत गराए । कमि कमजोरी भएको अवस्थामा सकारात्मक सुझाव ग्रहण गर्न आफू तत्पर रहेपनि विकासमा राजनीति गरिएमा जनस्तरबाट स्वीकार्य नहुने उनको दाबी छ ।

यसैबीच कोसी गाउँपालीका ८ भण्टाबारीस्थित रहेको मदरसा दारुसलामको थप दुईकोठे भवन बन्ने भएको छ । गाउँपालीकाको सहयोगमा बन्ने लागेको उक्त भवनको आइतबार कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले शिलान्यास गरेका छन् । ३० महिनाभित्र भ्याटबाहेक ४५ लाख ५८ हजार १२८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालीकासँग सम्झौता गरेको हित्त कन्स्ट्रक्सन प्रालि काठमाडौले निर्माणकार्यको काम सुरु गरेको छ ।

मदरसा दारु सलाम भण्टाबारी व्यवस्थापन समितिका अध्यक्ष हाजी इद्रीस मियाँको अध्यक्षता तथा गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कोसी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, लेखाअधिकृत सुरप्रसाद दंगाल, सशस्त्र प्रहरी बल भण्टाबारीका इन्स्पेक्टर भुवन खड्का,कोसी गाउँपालीका ८ नम्बर वडाध्यक्ष विन्देश्वर यादव,१ नम्बर वडाध्यक्ष राजकुमार साह, कार्यपालीका सदस्य सर्जुग सरदार,कोसी गाउँपालीका प्राविधिक शाखा प्रमुख रोशन शर्मा, कोसी गाउँपालीका अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास, सामाजिक शाखा प्रमुख राजकिशोर मेहता,प्राविधिक मुन्ना ठाकुर, स्थानीय हाजी रमजान,इलियास मियाँ, शमसाद आलम, मिन्तुल आलम, रघुनाथ देव, जगदीश कामैत,उसमान मियाँ,ममताज आलम, ऐजुल मियाँ, मदरसा दारुसलामका प्रअ कासिम मियाँ, मौलाना प्रवेज मियाँ, असफाक नदवी, कमरिद्दिम मियाँ,मास्टर ओली महम्मदलगायतको उपस्थिति रहेकोे थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








