ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अध्यक्ष अन्सारीद्वारा वडा कार्यालय उद्घाटन

आवर कोशी by आवर कोशी
माघ २, २०७८
अध्यक्ष अन्सारीद्वारा वडा कार्यालय उद्घाटन
54
SHARES
Share on FacebookShare on Twitter

लौकही । कोसी गाउँपालीका वडा नम्बर ४ को नवनिर्मित प्रशासनिक भवनको गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गरेका छन् । कोसी गाउँपालीका ४ श्रीपुर जब्दीस्थित जुद्धगंजमा आइतबार आयोजित एक कार्यक्रमका बीच कोसी गाउँपालीकाका अध्यक्ष अन्सारी उक्त भवनको उद्घाटन गरेका हुन । सोही अवसरमा बोल्दै उनले जनताका सेवा र सुविधाका लागि वडा कार्यालयको आफ्नै भवन आवश्यक रहेकाले वडा कार्यालयको भवन निर्माण गरिएको बताए ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष अन्सारीले कर्मचारी र जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरे । नवनिर्मित चार कोठे सो भवन रु ३५ लाख लागतमा निर्माण गरिएको कोसी गाउँपालीकाका प्राविधिक प्रमुख इन्जिनियर रोशन शर्माले जानकारी दिए ।सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन गाउँपालीकाका कर्मचारी र जनप्रतिनिधिलाई अध्यक्ष अन्सारीले निर्देशन समेत दिए ।

यसअघि उक्त वडा कार्यालय जीर्ण पुरानो भवनबाट सञ्चालन हुँदै आएकोमा नयाँ भवन निर्माण भएपछि आइतबारदेखि सोही भवनबाट सेवा सुरु गरिएको वडाध्यक्ष अमिन मिया नेपालीले जानकारी दिए । पुरानो वडा कार्यालय बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह  प्रभावकारी हुने उनको भनाइ छ । नवनिर्मित वडा कार्यालयको भवन अपांगमैत्री,बालमैत्री,महिलामैत्री भएकाले हरेक समूहका व्यक्तिले सहज तवरले सेवा लिन सकिने कोसी गाउँपालीकाका प्राविधिक अलाउद्दिन अन्सारीले बताए । यसैबीच निर्धारित समयमै वडा कार्यालयको भवन निर्माण गर्न सफल भएको भन्दै वडा कार्यालयले वडा भवन निर्माण समितिका अध्यक्ष विद्यानन्द यादव, सचिव रामु खतिवडा,कोषाध्यक्ष नुसरत खातुन, सदस्यहरु सपुतन खातुन, अमिलाल राम, तजमुल मियाँ र अमसुल खाँलाई सम्मान गरेको छ । उनीहरूलाई वडा कार्यालय भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसैगरी गाउँपालीकाका अध्यक्ष अन्सारीले आइतबार बिहान थप दुइटा बाटोको शिलान्यास गरेका छन् । कोसी गाउँपालीका वडा नम्बर ४ स्थित मनोज यादवको घरदेखि मजिद मियाँको घरहुँदै मदरसासम्म ९२० मिटर सडक कालेपत्रे कार्य र कोसी गाउँपालीका वडा नम्बर ४ स्थित मजरुदिन मन्सुरीको घरदेखि उत्तर इसाक हाजीको घरसम्म ५३० मिटर कालेपत्रे गर्ने कार्यको उनले शिलान्यास गरेका हुन । पुष्पापंजली कन्स्ट्रक्सन काठमाडौले उक्त बाटो निर्माणको जिम्मा पाएकोमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

वडाध्यक्ष अमिन मियाँ नेपालीको अध्यक्षता तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य सम्पन्न भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा ४ नम्बर वडा सदस्य तथा कार्यपालीका सदस्य अमना खातुन, श्यामसुन्दर सिंह प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता,बिनोद मिश्र, सूचना प्रविधि अधिकृत रितेश झा,स्वकीय सचिव धर्मेन्द्र विश्वास, ४ नम्बर वडा सदस्यहरु किफाइत मियाँ, अबजल मियाँ, फेकनीदेवी खंग, श्रीपुर गाविसका पूर्व अध्यक्ष लत्तिफ प्रधान, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चन्द्रदेव मेहता, नेपाली काङ्ग्रेस कोसी गाउँपालीका ४ का सभापति तजमुल हुसेन, नेकपा एमाले प्रतिनिधि, गफुर मियाँ, मस्तकिम मौलाना, संघीय समाजवादी पार्टीका प्रतिनिधि जाकिर आलम, जनता समाजवादी पार्टीका प्रतिनिधि इन्तेसर आलमलगायतको उपस्थिति रहेको थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.