इनरुवा । सुनसरी प्रहरीले जिल्लाको बर्जु गाँपालिका-५ स्थित तिनमुहानबाट ठुलो परिणाममा गाँजासहित तीनजना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही व्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजासहित पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए ।

भारततिर लागुऔषध गाँजा लैजान लागेको सूचनाका आधारमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलिले सेतो प्लाष्टिकले बेरेर पाँच वटा पोका बनाई गाँजा कटाउन लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका तीनैजनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध तरिकाले भारत लैजाने गरिएको बताइएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








