लौकही । पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । नेकपा एमाले,जनता समाजवादी पार्टीलगायतका विभिन्न राजनीतिक दलबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काङ्ग्रेस प्रवेश गरिरहेका छन् । कोसी गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रमका बीच कोसी गाउँपालीका क्षेत्रमा प्रभावकारी छवि बनाएका व्यक्ति भोलि यादवको नेतृत्वमा दर्जनौं व्यक्ति नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीलगायतले पार्टी प्रवेश गराएका थिए ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत कोसी गाउँपालीका वडा नम्बर १ नेपाली काङ्ग्रेसका वडा सभापति कारी यादवको सभापतित्व तथा सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल, क्षेत्रीय महिला संघ सभापति तथा कोसी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव, क्षेत्रीय सदस्य तथा कोसी गाउँपालीका वडा नम्बर १ का अध्यक्ष राजकुमार साह, नेपाली काङ्ग्रेस कोसी गाउँपालीकाका सभापति तथा वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी,उपसभापति धर्मेन्द्र विश्वासलगायतको उपस्थिति रहेकोे थियो ।

नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउदै प्रमुख अतिथि अन्सारीले नेपाली काङ्ग्रेस पार्टी सधैँ गरिब, दलित, अन्याय, अत्याचार विरुद्ध लड्ने पार्टी भएकोले पछिल्लो समय काङ्ग्रेस प्रति सर्वसाधारणको क्रेज बढ्दै गएको बताए । कोसी गाउँपालीकासहित सुनसरी क्षेत्र नम्बर ४ मा आफूले विकास निर्माणकार्यका साथै संगठनलाई चुस्त दुरुस्त बनाउदै निरन्तर काम गरिरहेकाले त्यसको परिणामस्वरूप सर्वसाधारण जनताको क्रेज काङ्ग्रेसप्रति बढ्नु स्वभाविक भएको उनको भनाइ छ । विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुलाई उनीहरूको क्षमता र आवश्यकताअनुसार जिम्मेवारी दिइने सभापति अन्सारीको कथन छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








