लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास चाहने व्यक्तिहरुसँग सहकार्य गर्न तयार रहेको बताउदै अनावश्यक विरोधकै लागि विरोध गर्नेलाई भने प्रतिकार गर्न पछाडि नपर्ने चेतावनी दिएका छन् । कोसी गाउँपालीकाको केही वडामा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टी नेपाललगायत पार्टीका केही व्यक्तिहरुले गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर जनताका काम अवरुद्ध गरेपछि अध्यक्ष अन्सारी आक्रोशित भएका हुन । विकास नचाहने हिंसात्मक गतिविधि गर्ने जस्ता काम गर्ने पार्टी वा समूहको गतिविधि अब स्वीकार्य नहुने बताउदै उनले विकास निर्माणकार्यमा अवरोध पुर्याउने व्यक्तिलाई जनताले प्रतिकार गर्ने उनको भनाइ छ । घटना पश्चात् आक्रोशित अध्यक्ष अन्सारीका सयौं समर्थनहरुले लौकहीमा उनको पक्षमा नाराबाजी गरेका थिए । समर्थनहरुलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले आफू जनताका जायज माग सम्बोधन गर्न तयार रहेको बताउदै विकास नचाहने केही परिचालित तत्त्वबाट सावधान हुनुपर्नेमा जोड दिए ।

“कोसी गाउँपालीका १ स्थित लौकहीमा गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर,विभिन्न नाराबाजी गर्दै बिहान ११ बजेको समयदेखि साढे चार बजेसम्म जनमत पार्टी नेपाललगायत पार्टीका नेताकार्यकर्ताबाट भएको घटना भत्सर्ना” उनले भने । संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भए/गरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ अध्यक्ष अन्सारीले अगाडि थप्दै भने यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पुर्याउन भूमिका निर्वाह गर्नु आमनागरिकको समेत दायित्व हो । त्यसको विपरीत केहीदिनयता कोसी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, जनप्रतिनिधिहरुसँग दुर्ववहार गर्ने,गाडीमा तोडफोड गर्नेलगायत अन्य मानवीयसँगै भौतिक क्षति गर्न तत्पर जनमत पार्टी नेपाललगायत पार्टीबाट परिचालित केही व्यक्तिका कारण कर्मचारीहरुसँगै जनप्रतिनिधिहरुले सहजरूपमा काम गर्ने वातावरण नभएको घटनापश्चात् कोसी गाउँपालीकाको कार्यालयले जारी गरेको प्रेस बिज्ञप्ति उल्लेख गरिएको छ ।

सधैं अनुशासित र पारदर्शी तवरबाट कोसी गाउँपालीकाको समग्र विकास निर्माणकार्यका साथै जनताका कामहरु गर्न कटिबद्ध भएर लाग्दै आएको अवस्थामा आइतबारको घटनाले हामीलाई असुरक्षाको आभास भएकाले सुरक्षित भएर भयरहित वातावरणमा जनताका काम गर्ने माहोल बनाईदिन जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय सुनसरीलगायत सँग गाउँपालीकाको कार्यालयले प्रेस बिज्ञप्ति मार्फत माग गरेको छ । त्यसैगरी कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसँग दुर्ववहार गर्ने, गाडीमा क्षति पुर्याउने,दिनभर जनताका काममा बाधा पुर्याउने व्यक्तिहरुलाई कानुनअनुसार कारबाही गर्न समेत गाउँपालीका कार्यालयले माग गरेको छ । यसैबीच आन्दोलनको नाममा हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । यता सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीमाथि भएको आक्रमण बारे ध्यानाकर्षण भएको सुनसरी काङ्ग्रेसले जनाएको छ । सभापति अन्सारीमाथि व्यक्तिगत आक्रमण गर्ने दोषीलाई नियन्त्रणमा लिई कारबाही गर्न नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले माग गरे ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








