लौकही । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा कोशी टप्पु लर्निङ ग्राउण्डको आयोजनामा विश्व सिमसार दिवस मनाइएको छ । बुधबार फेब्रुअरी २ तारिखमा विश्व सिमसार दिवसको अवसरमा पत्रकारहरु तथा विभिन्न सरोकारवालासँग अन्तरक्रिया गर्दै उक्त दिवस मनाइएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गत रहेको पश्चिम कुसाहा लौकही मध्यवर्ती उपभोक्ता समिति र कोशी टप्पु लर्निङ ग्राउण्डका अध्यक्ष समेत रहेका संरक्षणकर्मी राजकुमार सिंहको अध्यक्षता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपालमा सिमसार दिवस सन् १९९७ देखि मनाउन थालिएको हो । हालसम्म नेपालका १० सिमसार रामसार सूचिमा सूचिकृत छन । १९८७ मा अन्तर्राष्ट्रिय महत्वको रामसारमा सूचिकृत कोशी टप्पु वन्यजन्तु आरक्ष नेपालको पहिलो र ठूलो रामसार समेत हो ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिंहले मानवीय अतिक्रमण सँगै मानव सृजित क्रियाकलाप र अव्यवस्थित दोहनले सिमसार क्षेत्र ह्रास हुँदै गएकाले सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएको बताए । अव्यवस्थित दोहनसँगै मिचाहा प्रजातीको प्रकोप जस्ता कारणले सिमसार संकटमा परेकाले संरक्षणमा सबैको अपरिहार्यता रहेकोे भन्दै अध्यक्ष सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा सिमसार आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोग, अव्यवस्थित माछा मारिनु र मानवीय कृयाकलापहरु प्रकृति र सम्पदा संरक्षणमा चुनौतीका रूपमा देखिएको उल्लेख गरिएको छ् ।

उक्त कार्यक्रममा संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनिधि,संरक्षणकर्मी,पत्रकारलगायत सरोकारवालाहरुले संरक्षणका सवालमा ठोस कदम चाल्न नसकिए सिमसारको अस्तित्व गुम्ने तर्फ चिन्ता व्यक्त गर्दै सिमसार क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिए । यसैबीच सिमसार दिवसको अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले सप्तरीको पथरी भन्ने स्थानको कोशी खण्डमा चितवनबाट ल्याइएका २० वटा घडियाल गोही नदिमा छाडिएको वार्डेन रामचन्द्र खतिवडाले जानकारी दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...







