लौकही । सुनसरीमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ सुनसरीको कोसी गाउँपालिका र भोक्रहा नरसिंह गाउँपालीकाको सिमाना अवस्थित रहेको लोैकहीको खुनिया पुल भन्ने स्थानमा दुर्घटना भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट पश्चिम जादैतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किएर आगलागी हुँदा घटनास्थलमै चारजनाको मृत्यु भएको बताइएको छ । यद्यपि उद्धार कार्य जारी रहेकाले दुर्घटनामा कति जनाको मृत्यु भएको भन्ने यकिन भइनसकेको स्थानीय प्रहरीको भनाइ छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लाैकही, सशस्त्र प्रहरी बल लाैकहीको टोलिले तत्कालै घटनामा पुगी उद्धारमा जुटेका छन् । ट्रक र बस ठोकिँदै दुवै गाडीमा आगलागी हुँदा उद्धारमा ढिलाइ भएको हो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








