सुनसरी । सशस्त्र प्रहरीले भरुवा बन्दुक र बारुद बनाउने तेह्रथुम जिल्लाको आठराई गाउँपालीका ५ बस्ने तेजमान लिम्बूलाई नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर १ सशस्त्र प्रहरी बल बाहिनीका प्रमुख डिआइजी कमल गिरीका अनुसार एकवर्षदेखि भरुवा बन्दुक र बारुद बनाउने ६३ वर्षका लिम्बू पक्राउ परेका हुन ।
मे २ ख ६०५४ नम्बरको अटोमा सवार रहेको अवस्थामा पक्राउ परेका लिम्बूको साथबाट सशस्त्र प्रहरीले भरुवा बन्दुकको नाला ७ थान, गन्धक साढे तीन केजी र दुई बोरा अर्थात ६० केजी बारुद बनाउने सोडा समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सोही क्रममा झापा जिल्ला मेची नगरपालिका ४ बाहुनडांगी बस्ने वर्ष १९ का अटो चालक प्रवीण भारतीलाई समेत सशस्त्र प्रहरीले दोस्रोपटक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।









