ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

विकास विरोधीहरु जनता भड्काउने काम गर्दैछन् : अध्यक्ष अन्सारी

आवर कोशी by आवर कोशी
माघ २३, २०७८
विकास विरोधीहरु जनता भड्काउने काम गर्दैछन् : अध्यक्ष अन्सारी
52
SHARES
Share on FacebookShare on Twitter

लौकही । माघ १६ गते आइतबारका दिन कार्यालय समयमा सेवाग्राही सर्वसाधारण जनताको काम गरिरहेको बखत भएको घटनापश्चात् भइरहेको विभिन्न टीकाटिप्पणी सम्बन्धमा कोसी गाउँपालीकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघीय सरकारको कार्यक्रमअन्तर्गत कोरोना प्रभावितलाई राहत वितरण र सुरक्षित नागरिक आवास कार्यक्रममा अनियमितता भएको भन्दै २०/२५ जनाको समूह कार्यालयबाहिर विभिन्न नाराबाजी गरिरहेको पाइएपछि घटना सम्बन्धमा यथार्थ कुरा बुझ्न आफूले डाकेको छलफलको विषयलाई लिएर गाला प्रचारबाजी भइरहेकोे गाउँपालीकाको कार्यालयले जनाएको छ । आन्दोलन गरिरहेका केही प्रतिनिधिहरुलाई आफ्नै कार्यकक्षमा बोलाई छलफल गरिरहेको अवस्थामा सिके राउत नेतृत्वमा रहेको जनमत पार्टी नेपाल समर्थित स्थानीय नेताकार्यकर्ता राजकुमार यादव,आलिम मन्सुरीलगायतका व्यक्तिबाट भएको दुर्ववहार घटनाको घोरभत्सर्ना गर्दै आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले विकास विरोधीहरु जनता भड्काउने काममा लागेको गुनासो गरेका छन् ।

आन्दोलन गरिरहेका समूहबाट प्रतिनिधि बोलाएर आफूले छलफलमा तपाईंहरुको भनाइ के हो ?, कहाँ कहाँ कसरी अनियमितता भयो ?, प्रत्येक वडा वडामा कोरोना प्रभावितलाई राहत वितरण गरिरहेकोमा कोही पाउनुपर्ने वास्तविक पीडितको नाम छुटेको वा सरकारले तोकेको मापदण्डविपरीत कोहि नपाउनुपर्ने व्यक्तिको नाम सिफारिस भएको रहेछ कि? जस्ता जिज्ञासा् राख्दै गर्दा आन्दोलनकारीको तर्फबाट छलफलमा प्रतिनिधि बनेर आएका राजकुमार यादवले “यस्ता यस्ता व्यक्तिलाई जुत्ताले हान्ने” भन्ने अपशब्द प्रयोग गरेपछि नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट सदानन्द मण्डल र कार्यालयको तर्फबाट छलफलमा बसिरहेका धर्मेन्द्र विश्वासबीच “तपाईं एउटा समूहको प्रतिनिधि हुनुहुन्छ तपाईजस्तो व्यक्ति यसरी छलफलमा बस्दा अपशब्द प्रयोग गर्न मिल्छ?” भन्दै उहाँहरुबीचमा छलफलका क्रममा मेरो कार्यकक्षमा सामान्य भनाभन मात्रै भएको गाउँपालीकाका अध्यक्ष अन्सारीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत प्रत्येक वडा वडाबाट सिफारिस भई आएको व्यक्तिहरुको सम्बन्धमा दाबी /विरोध गर्न गाउँपालीकाको कार्यालयले तीनदिने सूचना प्रकाशित गर्दै त्यसमा राहत पाउन अयोग्य व्यक्ति परेको भएमा जानकारी वा उजुरी दिइनुपर्ने बाटो हुँदाहुँदै वडा वा पालीकाको कार्यालय घेरा गर्ने,तोडफोड गर्ने,आगजनी गर्ने,जनप्रतिनिधि चढ्ने गाडीमा ढुङ्गा हान्ने काम भएको उक्त बिज्ञप्तिमा उल्लेख छ । संविधानमा उल्लेख गरिएअनुसार सूचनाको हक अन्तर्गत हरेक नेपाली नागरिकले स्थानीय तह वा अन्य स्थानमा भए/गरेका गतिविधिहरुका बारेमा जानकारी लिन पाउनु पर्दछ भन्ने उल्लेख गर्दै गाउँपालीका अध्यक्षद्वारा जारी गरिएको उक्त प्रेस बिज्ञप्तिमा यदि कहिँकतै अनियमितता वा भ्रष्टाचार भएको पाइएको अवस्थामा सम्बन्धित निकायमा प्रमाणसहित उजुरीका माध्यमबाट त्यस्ता व्यक्तिलाई कानुनी दायरा पुर्‍याउन भूमिका निर्वाह गर्नु हरेक जिम्मेवार नागरिकको समेत दायित्व हो ।त्यसको विपरीत केहीदिनयता कोसी गाउँपालीकाको विभिन्न वडा कार्यालयदेखि यस गाउँपालीकाको कार्यालय अगाडि आएर जनताको काम अवरुद्ध गर्ने, सर्वसाधारण जनता भड्काउने वा आतंकित बनाउने,निर्वाचित जनप्रतिनिधिहरुको व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने,सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गर्ने,अनावश्यक रूपमा राजमार्ग अवरुद्ध गर्ने,बजार पसल बन्द गराई गरिब तथा विपन्न वर्गको रोजीरोटी खोस्नेलगायत सर्वसाधारण जनताको दिनचर्यामा प्रत्यक्ष रूपमा नकारात्मक असर पुर्‍याउने जस्ता निन्दनीय कार्य भएको उल्लेख गरिएको छ ।

आफू लोकतान्त्रिक मूल्यमान्यता र बिधिको शासनमा विश्वास गर्ने पार्टीको सच्चा कार्याकर्ता भएको बताउदै अध्यक्ष अन्सारीले कुनै अमूख पार्टी वा समूहबाट हुने शान्तिपूर्ण आन्दोलन,र्‍याली,सभा,सम्मेलनको सम्मान गरेपनि शान्तिपूर्ण आन्दोलन गर्न पाउनु संवैधानिक अधिकार भएको नाममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने,आगजनी गर्ने,सर्वसाधारण जनतालाई दु:खदिने कार्यको पक्षमा आफू कहिले थिएन,छैन र हुनेछैन भन्ने उल्लेख गरेका छन् । स्थानीय सरकार प्रमुख भएको हैसियतले स्थानीय प्रहरी प्रशासनसँग समन्वय/सहकार्य गरेर शान्तिसुरक्षा कायम राख्नु आफ्नो संवैधानिक अधिकार भएको बताउने अध्यक्ष अन्सारीले त्यसप्रति आफू प्रतिबद्ध रही सदैब शान्ति सुव्यवस्था कायम गर्दै जनताको जीउधन,सार्वजनिक सम्पत्तिको रक्षा गर्न, पारदर्शिता र सुशासनको पक्षमा रहेको दाबी गरे । जनताबाट निर्वाचित भएपछि आफ्नो नेतृत्वमा कोसी गाउँपालीकामा तीव्र गतिमा भइरहेको विकास निर्माणकार्यका कारण जनस्तरबाट पाएको साथ र समर्थनबाट हतोत्साहित र आश्चर्यचकित भएको बताउने उनले विपक्षी राजनीतिक दलका नेताकार्यकर्ताले आफ्नो राजनीतिक धर्म निर्वाह गर्नुको साटो विरोधकै लागि विरोध गरिरहेका छन् भन्ने आरोप लगाए ।

जनमत पार्टी नेपालका कार्यकर्ताबाट भएको घटना सम्बन्धमा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ कार्यसमितिले माघ १७ गते सोमबार कोसी गाउँपालीका १ लौकहीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफूले जनमत पार्टी नेपालका नेताकार्यकर्ताले विभिन्न आन्दोलनका नाममा बारम्बार अनावश्यक रूपमा राजमार्ग अवरुद्ध गर्ने परिपाटीले जनताको दिनचर्यामा प्रत्यक्ष रूपमा असर पुर्‍याउने कार्यको अबको दिनमा जनमत पार्टी नेपालको नामै किटान गरी त्यस्तो आन्दोलनको जनस्तरबाट प्रतिकार हुनसक्ने तर्फ ध्यानाकर्षण गराएकोमा त्यसको विपरीत प्रचारबाजी गरिएकोमा प्रेस बिज्ञप्तिमार्फत गुनासो गरे । विरोधकै लागि विरोध नभई शान्तिपूर्ण वातावरणमा सभ्य तवरले विकासका लागि खबरदारी गर्न सुझाव दिदै अध्यक्ष अन्सारीले नेकपा एमाले,नेकपा माओवादी,नेकपा समाजवादी पार्टी,जनता समाजवादी पार्टी लगायत अन्य पार्टी वा समूह सबैलाई एजेन्डासहित शान्तिपूर्ण आन्दोलनमा जनभावनाअनुसार मर्यादित ढंगले प्रस्तुत हुन अपिल समेत गरे । आफू निर्वाचित भएदेखि नै पिछडिएको कोसी बाढी पीडित क्षेत्रको विकासमा सहकार्य गर्ने प्रयास गर्दै आएपनि उहाँहरुले विकासमा सहयोग गर्नुपर्नेमा त्यसको विपरीत विकासमै अवरोध गर्दै आएपनि आज कोसी गाउँपालीका क्षेत्रका प्रत्येक वडा वडामा अवरोधका बाबजुद धमाधम विकास निर्माणकार्य भइरहेको दाबी गर्दै उनले स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएपनि जनसरोकारका विषयमा सकारात्मक विचार मिल्ने पार्टी वा समूहसँग आफू समन्वय/सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.