भण्टाबारी । मंगलबार राति विद्युत सर्टभइ आगलागी हुँदा घरबारविहीन बनेका अग्नि पीडित परिवारलाई कोशी गाउँपालीकाले सहयोग गरेको छ । कोशी गाउँपालीका क्षेत्रमा आगलागी हुँदा २८ लाख बराबरको क्षति भएको थियो । मंगलबार राति जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याही र ८ नम्बर वडाको भण्टाबारीस्थित नन्कु टोलमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । सोही आगलागी पीडित परिवारलाई कोशी गाउँपालीकाले बुधबार राहत वितरण गरेको छ ।

गाउँपालीका वडा नम्बर ५ र वडा नम्बर ८ का आगलागी पीडितलाई गाउँपालीकाका उपाध्यक्ष अनिता यादव,१ नम्बर वडाध्यक्ष राजकुमार साह, वडा नम्बर ५ का वडाध्यक्ष साह जमाल, स्वकीय सचिव धर्मेन्द्र विश्वास,बलराम क्षेत्रीय लगायतले पीडित परिवारलाई गाउँपालीकाको तर्फबाट प्रत्येक परिवारलाई दुई बोरा चामल, १ बोरा भुजा,चिउरा,खाने तेल,दाल त्रिपाललगायत वितरण गरेका छन् ।

कोशी गाउँपालीका ५ स्थित गफुर मंसुरीको घरबाट राति साढे १० बजेराति विद्युत सर्ट भई भीषण आगलागी हुँदा स्थानीय कैयुम मंसुरी, अताबुल मंसुरी, इसराइल मंसुरी, ऐजुब मंसुरीलगायतका गरी ८ वटा घरमा आगलागीबाट २२ लाख १८ हजार बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएको नगदसहित चौपाया,कुखुरा, परेवा,धान,चामललगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी कोशी गाउँपालीका ८ भण्टाबारीस्थित नन्कु टोलमा स्थानीय बुचाई मियाँको घरमा विद्युत सर्ट भई आगलागी हुँदा तीनवटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय प्रहरीका अनुदान मियाँको सुत्ने घरसहित भान्सा घर र गोठ घर जलेर पूर्णरूपमा जलेर नष्ट हुँदा घरभित्र रहेको नगद १ लाख २५ हजारसहित दुईथान बाख्रा, हांस,५ क्विन्टल चामल, २० मन धान जलेर नष्टहुँदा ५ लाख ५५ हजार बराबरको क्षति भएको हो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








