इनरुवा । इनरुवा नगरपालिकाका चर्चित युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमालेमा प्रवेश गराएका हुन ।
सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराए । नेपाली काँग्रेस तथा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रि पार्टीको राजनितिमा विगत लामो समय देखी सक्रिय रहेका मेहता शुक्रबार औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुन् ।
सानै उमेर देखि राजनीतिमा लागेका बिजय गच्छद्धारसँग निकट छन् । तर, पछिल्लो समय काँग्रेस पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका हुन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्दा लोकप्रिय मत ल्याउन सफल मेहता अहिले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेपछी उनी एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने अनुमान गरिएको छ ।








