ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

१४ औं महाधिवेशन : भोक्राहा सभापतिमा दाहाल विजयी

आवर कोशी by आवर कोशी
फाल्गुन १०, २०७८
१४ औं महाधिवेशन : भोक्राहा सभापतिमा दाहाल विजयी
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विवादका कारण स्थगित गरिएको भोक्राहा नरसिंह गाउँपालिकाको महाधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको पार्टी कार्यालय इनरुवामा सम्पन्न १४ औं महाधिवेशनबाट भोक्राहा नरसिंह गाउँपालिकाको सभापतिमा युवराज दाहाल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलवार सम्पन्न मतपरिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्दी देउवा पक्षका देव नारायण महतोलाई १० मतपछि पार्दै दाहाल सभापति पुनः निर्वाचित भएका हुन । यसअघि पनि भोक्राहा नरसिंह गाउँपालीकाको नेपाली काङ्ग्रेस पार्टीको सभापति रहेका उनी १४ औं महाधिवेशनबाट पुनः सभापतिमा चयन भएका छन् । संस्थापन पक्षबाट उम्मेदवार बनेका दाहालले जम्मा खसेको १२१ मतमध्ये ६३ मत प्राप्त गर्दै निर्वाचित भए भने निकटतम प्रतिद्वन्दी देउवा पक्षबाट उम्मेदवारी दिएका महतोले ५३ मतमात्र ल्याए ।

यसैगरी उपसभापति पदमा मुस्ताक मियाँले ६१ र मन्जिला उराँवले ६० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्धी मोलिम मियाँले ५७ र रेखादेवी गुप्ताले ५७ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी सचिव पदमा कृपाराम मेहताले ६५ र अस्फाक आलम अन्सारीले ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी सन्जुदेवी शाहले ५० मत प्राप्त गरेर पराजित भएका हुन् । त्यसैगरी सह–सचिव पदमा बैजु मण्डलले ६३ र सेराज मियाँले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी पारसलाल उराँवले ५७ र धिरेन्द्र प्रसाद यादवले ७ मत प्राप्त गरेर पराजित भएको मतदान अधिकृत लोकराज बस्नेतले जानकारी दिए । विद्यार्थी राजनीतिबाट उदाएका गाउँपालीकाको सह–सचिवमा निर्वाचित सेराज मियाँ सदरमुकाम इनरुवा स्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति समेत हुन ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ बाट खुल्ला सदस्य पदमा दुई जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा रामसागर मेहताले ५८ र मायालाल गुप्ताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । सो वडामा खुल्ला महिला सदस्यमा उर्मिला महतोले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी राजबती उराँवले ५६ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–२ बाट खुल्ला सदस्य पदमा मो आरिफ अन्सारीले ६२ मत र रामकृष्ण मेहता ६० मत ल्याएर निर्वाचित भएका छन् । सोही वडामा खुल्ला महिला सदस्यमा लिलादेवी मेहताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–३ मा खुल्ला सदस्यबाट पुष्पा कार्कीले ५८ र बलराम धानुकले ५८ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा जुलेखा खातुनले ५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–४ मा खुल्ला सदस्यबाट कैयुम अन्सारीले ६२ र रियाम मियाँले ६० मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा नजमुन खातुन मियाँले ५९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–५ मा खुल्ला सदस्यमा जयराम उराँवले ५९ र सदिक मियाँले ५९ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा निरासा कुमारी मण्डल भने निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–६ मा मो.आलम अन्सारीले ६५ र सगिर मियाँले ६० मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा चन्चलदेवी पौदार निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–७ मा खुल्ला सदस्यहरुमा झमेली मण्डलले ५७ र रामदेव धानुकले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा कृष्णादेवी हलुवाई निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–८ मा खुल्ला सदस्यहरुमा महन्थी साह तेली र मो.मन्सुरी मियाँ र खुल्ला महिला सदस्यमा बिमलादेवी मोची निर्विरोध निर्वाचित भएको मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको दलित सदस्यमा बुधु खत्वेले ५८ मत, दलित महिला सदस्यतर्फ छेदनीदेवी ऋषिदेवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यसैगरी मुस्लिम सदस्यहरुमा अजिज मियाँले ६०, इत्राहिम मियाँले ५९ मत र सोहेलअक्तर अन्सारीले ५६ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने मुस्लिम महिला सदस्यतर्फ आसमा खातुनले ६० मत र सहनाज खातुनले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी मधेशी सदस्यहरुमा दिलिपकुमार यादवले ५८, इनरदेव मेहताले ५७ र हरिलाल साहले ५५ मत प्राप्त गरेर निर्वाचित भएका छन भने मधेशी महिला सदस्यहरुमा संगिता कुमारी यादवले ६५ मत र मंगली साहले ६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी आदिवासी जनजाति सदस्यमा लिलावतीदेवी उराँवले ५९ मत र सुरेन्द्रदास उराँवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने आदिवासी जनजाति महिला सदस्यमा सुनितादेवी मण्डलले ५६ मत प्राप्त गरे निर्वाचित भएका हुन् । त्यसैगरी अपाङ्ग सदस्य कोटाबाट सकलदेव मण्डल निर्विरोध निर्वाचित भएका छन् ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.