मुस्ताक आलम
लौकही । सुनसरीको कोशी गाउँपालिका ७ स्थित हरिपुरमा नेकपा एमालेको भातृ संगठन नेपाल उत्पडित जातीय मुक्ति समाजको बृहत भेला कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँ कमिटी सुनसरीको आयोजनामा करिब ७ सय दलित महिलाहरुको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।”जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण हाम्रो लक्ष्य” भन्ने मूलनाराका साथ १ नम्बर प्रदेश सांसद एवं नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य जगदीश कुशियेतको प्रमुख आतिथ्यतामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको बृहत भेला शनिबार कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुशियेतले दलित, उतपिडित र पिछडिएको समुदायको वकालत गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको दाबी गरे । यस्तै नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य तथा १ नम्बर प्रदेश कमिटी सदस्य अजय कुशियेतले कोशी गाउँपालिकाले दलितहरुको समस्या समाधान गर्न नसकेको दाबी गर्दै आफ्ना नेताकार्यकर्ता पोस्ने काम मात्रै भएको आरोप लगाए । मुक्ति समाजक कोशी गाउँपालिका अध्यक्ष अर्जुन सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य तथा मुक्ति समाज नेपालका केन्द्रिय सदस्य डिबि शंकर , जिल्ला कमिटी सचीव पर्शुराम यादव अतिथिहरुमा जितेन्द्र खेरवार , अनिता उराँव , ६ नम्बर वडा अध्यक्ष ,लगायतकाले आफ्नो मन्तव्य राखेका थिए । यसैबीच नेपाल उत्पीडित जातीय मुक्ति समाजको बृहत भेलाले सहदेब खत्बेको अध्यक्षतामा ३३ सदस्यीय कोशी गाउँ कमिटी गठन गरेको स्थानीय नेकपा एमालेका नेता धिरेन्द्र पाठकले जानकारी दिए ।








