लौकही । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने अभियानमा जुट्न आह्वान गरेका छन् । नेपाली काङ्ग्रेस गाउँपालीका इकाई समिति कोशी गाउँपालीकाले होली पर्वको अवसरमा आयोजना गरेको जलपान समारोह,नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा गठित गाउँपालीका कार्यसमितिको सम्मान कार्यक्रममा बिहीबार बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपाली काङ्ग्रेसले फागुन २९ गतेदेखि एक महिने ‘घरघर जाऔं, काङ्ग्रेस जिताऔं’ अभियान सुरु गरेको नेताकार्यकर्तालाई पुनः स्मरण गराउदै सभापति अन्सारीले उक्त अभियान आम नागरिकसंगको दोहोरो सम्वाद गर्न महत्त्वपूर्ण भएको बताए । यस अभियानमा जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति,पालिका समिति वडा र टोल समितिबीच समन्वय हुनेछ । स्थानीय टोल समितिको अगुवाईमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु हरेक घर पुग्नेछन् ।

चुनावमा प्रचारप्रसार महत्त्वपूर्ण भएकाले त्यसमा विशेष ध्यान दिनुपर्नेमा कार्यक्रमका वक्ताहरुको जोड थियो । सोही कार्यक्रम बोल्दै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि सदानन्द मण्डलले ऐयुब अन्सारीको नेतृत्वमा कोशी गाउँपालीकामा भएका विकास निर्माणकार्यका बारेमा प्रचारप्रसारमार्फत नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताहरुले आम नागरिकसमक्ष यथार्थ कुरा पुर्याउनुपर्ने बेला आएको बताए । ऐयुब अन्सारीको नेतृत्वमा कोशी गाउँपालीकाको कार्यालयले हरेक वर्ग र समुदायको समस्या पहिचान गर्नुदेखि लिएर विकास निर्माणकार्यमा फड्को मारेको हुँदा कोशीमा ऐयुब अन्सारीको विकल्प नभएको मण्डलको दाबी छ ।

गरिब र विपन्न समुदायका युवतीहरुको सामूहिक विवाह गर्नुदेखि ऐयुब अन्सारीको नेतृत्वमा भएका विकास निर्माणकार्य बारेमा जनतासमक्ष यथार्थ कुरा पुर्याउन उनको आग्रह छ । चुनावी प्रचार र पार्टीको कामलाई जनतासमक्ष पुर्याउन पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई पनि परिचालन गरिने तयारी नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ कार्यसमितिले तयारी थालेको बुझिएको छ । १४ औं महाधिवेशनबाट नेपाली काङ्ग्रेस गाउँपालीका इकाई समिति कोशी गाउँपालीकाका पदाधिकारी एवं कार्य समिति सदस्यहरुलाई सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेस गाउँपालीका इकाई समिति कोशी गाउँपालीकाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ कि क्षेत्रीय महिला संघ सभापति एवं कोशी गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,केन्द्रिय महाधिवेशन प्रतिनिधि सदानन्द मण्डल,क्षेत्रीय सदस्यहरु राजकुमार साह, साहजमाल,कमलेश्वरी खेरवारलगायतले उनीहरूलाई प्रमाणपत्र र गम्छासहित सम्मान गरेका हुन । नेपाली काङ्ग्रेस गाउँपालीका इकाई समिति कोशी गाउँपालीकाका सभापति तथा कोशी गाउँपालीका ३ नम्बर वडाध्यक्ष सुलेमान मन्सुरी,उपसभापतिहरु धर्मेन्द्र विश्वास र रघुनाथप्रसाद देव,सचिवहरु निर्मल मण्डल,ध्यानी उराँवलगायत ४२ सदस्यीय कार्यसमितिलाई सम्मानित गरिएको हो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








