लौकही । कोशी गाउँपालीकाको आयोजनामा किसानको महत्त्व विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कोशी गाउँपालीका ६ स्थित रहेको राष्ट्रिय मावि श्रीपुरमा “जागिरे जीवन भन्दा किसानको जीवन बेस” भन्ने विषयमा विद्यालयस्तरीय वादविवाद सोमबार सम्पन्न भएको हो । वादविवाद प्रतियोगिता कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादवको प्रमुख आतिथ्य तथा राष्ट्रिय मावि श्रीपुरका प्रधानाध्यापक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो वादविवाद प्रतियोगितामा सामुदायिक, संस्थागत र मदरसा गरी ११ विद्यालय बाट २/२ जनागरी २२ जनाको सहभागिता रहेको थियो भने उक्त वादविवाद प्रतियोगितामा काेशी मावि पश्चिम कुशाहाकी अनुषा साह प्रथम, अलफला पब्लिक स्कुलका शमशेर आलम द्वितीय, मिथिला पब्लिक स्कुलकी चाँदनी साह तृतीय,काेशी जनता मावि हरिपुरकी रचना ठाकुर चाैथाे र राष्ट्रिय मावि शोभनपुरका दिलशाद आलम पाँचौ भए भने अन्य बाँकी सबै सान्त्वना भएको कोशी गाउँपालीका सामाजिक शाखा प्रमुख नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए । प्रथमदेखि सान्त्वना हुनेलाई क्रमशः ३०००, २५००,२०००,१५००,१००० र ५००/५०० का दरले नगदसहित स्टेशनरी र प्रमाणपत्र वितरण गरिएको उनको भनाइ छ ।

सहभागी विद्यार्थीहरुको प्रस्तुतिलाई मुल्यांकनकर्ताहरू कोशी गाउँपालीका शिक्षा शाखा प्रमुख बेदराज अधिकारी,स्वकीय सचिव धर्मेन्द्र विश्वास र शिक्षक बेचन यादवले मूल्यांकन गर्दै उनीहरूले दिएको नम्बरका आधारमा उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएको हो ।

उत्कृष्ट प्रतियोगीहरुलाई उपाध्यक्ष अनिता यादव, कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत चाेलाराज दंगाल,वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार साह, कार्यपालिका सदस्य सरीता मण्डल र अकलीदेवि सरदार,वडा सदस्य सुनिता यादव राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउत, कोशी मावि हरिपुरका माेहन यादव, कञ्चन यादवलगायतको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्दै किसान जीवनको महत्त्वबारेमा प्रचारप्रसार गर्न यस्ता वादविवाद प्रतियोगिता उपयोगी सावित हुने बताइन् । विद्यार्थीहरुमा रहेका प्रतिभा देखाउनुका साथै समाजमा समयसापेक्ष सर्वसाधारणमा चेतनाको स्तर वृद्धि गर्न वादविवाद प्रतियोगिता महत्त्वपूर्ण भएकोले समयको मागअनुसार यस्ता कार्यक्रमहरु निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत चौलाराज दंगालको भनाइ छ ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









