लौकही । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सभापति ऐयुब अन्सारीको नेतृत्वमा बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले २१ जनालाई क्षेत्रीय सदस्य पदमा मनोनित गरेको छ ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ बैठकमार्फत १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिई पराजित भएका उम्मेदवारहरुसहितलाई समेट्दै २१ जनालाई क्षेत्रीय सदस्यमा मनोनित गरिएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ सचिव रोशनकुमार खड्काले जानकारी दिए । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनमा सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर–४ को सभापति पदमा ऐयुब अन्सारीसँग पराजित भएका भोक्राहा नरसिंह–२ का जमिल अख्तर आजाद मियाँ नेपाली काङ्ग्रेसको विद्यान अनुसार क्षेत्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत भएका छन् ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ को बैठकले बराहक्षेत्र ७ का दिब्यश्वरी प्रसाई, बराहक्षेत्र ६ की दुर्गा देवी खरेल, इनरुवा ८ की लक्ष्मी दाहाल, इनरुवा ३ की सुशिला थापा बस्नेत, इनरुवा ३ की बिन्दु बराल, बराहक्षेत्र– ६ की कल्पना कार्की, भोक्राहा नरसिंह–४ का हाजी इसराईल मंसुरी, हरिनगर ५ बसन्तपुरका पुर्णराज यादव, इनरुवा ८ की मिरा देवी मण्डल, इनरुवा ३ का धिरज भट्टराई, इनरुवा ३ का विश्व ढुगांना, कोशी–७ का भागेश्वर यादव, रामधुनी–४ का मनेश चौधरी, भोक्राहा नरसिंह–४ की ममता कुमारी उराँव, हरिनगर–५ का हिरालाल मेहता, कोशी–८ का उसमान मंसुरी, इनरुवा ८ का तारकेश्वर मण्डल, कोशी–२ बाबुनन्द यादव, इनरुवा–८ का चेत बहादुर कार्की(बाबुराम), इनरुवा–३ की जमुना गौतम पोखरेल, भोक्राहा नरसिंह–७ की अन्जु मेहतालाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्य समितिको सदस्यमा मनोनित गरिएको अर्का क्षेत्रीय सचिव जुगेश्वर यादवले जानकारी गराए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








