लौकही । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुनसरी क्षेत्र नम्बर ४ ले नेताकार्यकर्तालाई सक्रिय बनाउदै लगेको छ । नेताकार्यकर्तालाई सक्रिय बनाउनुका साथै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सभापति ऐयुब अन्सारीको सक्रियतामा गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्र्याउन सक्रियताका साथ लागि परेका छन् । जसले गर्दा आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन काङ्ग्रेस थप बलियो बन्दै गएको हो । यसैक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को आयोजनामा “घर घर जाऔ नेपाली काङ्ग्रेस जिताऔं अभियान” अन्तर्गत कोशी गाउँपालीकास्थित पश्चिम कुसाहामा एकदिने कार्यशाला गोष्टि सम्पन्न भएको छ । नेपाल सरकारका प्रवक्ता एवं सूचना,सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य तथा सुनसरी क्षेत्र नम्बर ४ का सभापति एवं कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले आगामी स्थानीय तह निर्वाचनमा गुटबन्दी नगरी एकढिक्का भएर चुनावी मैदानमा उत्रेको अवस्थामा सुनसरीका १२ ओटै स्थानीय तहमा काङ्ग्रेस विजयी हुने दाबी गरे । गत स्थानीय तह निर्वाचनबाट निर्वाचित कोशी र हरिनगर गाउँपालीकामा काङ्ग्रेसको नेतृत्वमा भएको विकास निर्माणकार्य उदाहरणीय भएको उनको भनाइ छ । फरक प्रसंगमा मन्त्री कार्कीले वर्तमान गठबन्धन औचित्य र आवश्यकताका आधारमा कायम रहने बताउदै देशमा विकास गर्न काङ्ग्रेसबाहेक अर्को विकल्प नभएको बताए । आफू निर्वाचित भएपछि हरेक पक्षलाई समेटेर चौतर्फी विकास निर्माणकार्य गर्दै आएको दाबी गर्दै उनले आफू भाषण भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको दाबी गरे । सुनसरी क्षेत्र नम्बर ४ का ३२ वटा वडामा काङ्ग्रेस नेतृत्व ल्याउने जिम्मेवारी क्षेत्रीय सभापति ऐयुब अन्सारीको काधमा आएको बताउदै मन्त्री कार्कीले त्यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै आफू निर्वाचित क्षेत्रमा मात्रै नभई देशैभर सञ्चार क्षेत्रमा उल्लेखनीय सुधार गर्ने गरी धमाधम कामहरु भइरहेकोे उनको भनाइ छ ।

त्यस्तै एमसीसी बारे सर्वसाधारणमा भ्रम सृजना गर्ने कार्य भएको बताउदै मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकोले त्यसबारे यथार्थ कुरा जनतासमक्ष पुर्याउन नेताकार्यकर्तालाई निर्देशन समेत दिए । सोही कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले सुनसरीका हरेक स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउने रणनीतिमा आफू लागिपरेको बताउदै वर्तमान जनप्रतिनिधिहरुको नेतृत्वमा भएको कामको मूल्यांकनका आधारमा टिकट वितरण गरिने बताए । सोही कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद सिताराम मेहता,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,नेपाल काङ्ग्रेस बराहक्षेत्र नगरपालिका सभापति रमेश कार्की , भोक्राहा नरसिंह गाउँपालीकाका सभापति युवराज दाहाल,कोशी गाउँपालीकाका सभापति सुलेमान मन्सुरीलगायतले पार्टीभित्र कुनै गुटबन्दी नभएकाले आगामी स्थानीय निर्वाचितमा काङ्ग्रेस पार्टी थप बलियो हुनेमा विश्वस्त देखिए ।

सोही कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति ऐयुब अन्सारीले काङ्ग्रेसले सुरु गरेको निर्वाचन अभियानमार्फत अन्य पार्टीमा आबद्ध सयौं नेताकार्यकर्ता सुनसरी क्षेत्र नम्बर ४ कार्यसमितिको पहलमा काङ्ग्रेस प्रवेश गर्ने तयारी रहेको बताए । ‘सुनसरी ४ कार्यसमिति काङ्ग्रेसको नेतृत्वमा भएको विकास निर्माणकार्य लिएर गाउँगाउँ जाँदै छ, यो हाम्रो अभियान नै हो, यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्ताहरू सयौंको संख्यामा कांग्रेस प्रवेश गर्दै छन्,’ उनले भने । काङ्ग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै २९ फागुनदेखि २९ चैतसम्म १ महिना सञ्चालन गर्नेगरी उक्त अभियान सुरु गरेको हो । यो अभियानमार्फत अन्य दलका नेताकार्यकर्तालाई आफ्नो दलमा तान्ने कांग्रेसको रणनीति छ । यसका लागि कांग्रेसले ७७ जिल्लामा नै केन्द्रीय कमान्डर खटाइसकेको बताइएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ (क) का सभापति उपेन्द्र कटुवाल,हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी, केन्द्रिय महाधिवेशन प्रतिनिधि सत्रुघनप्रसाद यादव, सदानन्द मण्डल, क्षेत्रीय सदस्य साह जमाल, कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव, नेपाली काङ्ग्रेस बराहक्षेत्र क्षेत्र नगरपालिका १० वडा सभापति तेजबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव रोशनकुमार खड्काले संचालन गरेका थिए । उक्त कार्यक्रमको व्यवस्थापन क्षेत्रीय सचिव जुगेश्वर यादव,क्षेत्रीय सदस्य राजकुमार साह,धर्मेन्द्र विश्वासलगायत गरेका थिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








