लौकही । कोशी गाउँपालीकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीलाई औपचारिक रूपमा विदाई गरिएको छ । झण्डै साढे तीवर्षदेखि कोशी गाउँपालीकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेका उनको एक कार्यक्रम आयोजना गर्दै कोशी गाउँपालीकाको कार्यालयले सोमबार औपचारिक रूपमा विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा गिरीको योगदान प्रशंसनीय रहेको बताए ।
गाउँपालीकाले प्रशासनीक क्षेत्रमा मात्रै नभई विकासका अन्य क्षेत्रमा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा गिरीको योगदान अतुलनीय रहेको उनको भनाइ छ । “कोशी गाउँपालीका क्षेत्रको विकास गर्न उहाँबाट पाएको सहयोग र योगदानलाई विशेष रुपमा हामी सम्झिरहन्छौं” अध्यक्ष अन्सारीले भने । आफ्नो कार्यकालको झण्डै अन्तिम समयसम्म प्रमुख प्रशासकीय अधिकृतको पदमा गिरी रहेको भन्दै उनले गाउँपालीकाको विकासका सबै सन्दर्भमा उहाँ सधैं सकारात्मक ढंगले साथ दिएकोमा धन्यवाद समेत दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत रहेका गिरी नेपाल सरकारको उपसचिव भएपछि कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार पूर्व प्रमुख प्रशासकीय अधिकृत गिरीको सरुवा भएको भन्दै अध्यक्ष अन्सारीले उहाँ जहाँ पुगे पनि उहाँको काममा सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा कोशी गाउँपालीकाका पूर्व प्रमुख प्रशासकीय खगेन्द्र गिरीले आफू सरुवा भएर गएपनि गाउँपालीकाको विकासमा सधैं साथमा रहने प्रतिबद्वता व्यक्त गरे । गाउँपालीकाका जनप्रतिनिधिहरु मन्त्री वा उच्च ओहोदामा पुगेर फेरी सहकार्य गर्न पाउँ भन्ने आशा व्यक्त गर्दै काममा सहयोग र सहकार्य गरेकोमा सबैमा गिरीले धन्यवाद ज्ञापन समेत गरे । गिरीको विदाइ कार्यक्रममा गाउँपालीकामा लामो समयदेखिसँगै काम गरेका कर्मचारीहरुका साथै जनप्रतिनिधिहरु समेत भावुक बनेका थिए । सोही अवसरमा कोशी गाउँपालीका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेका पशु प्राविधिक गोसाई यादवलाई समेत विदाई गरिएको थियो ।
यसैबीच कोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका चोलाराज दंगाललाई स्वागत गरिएको छ । कोशी गाउँपालिकाको चौथो अधिकृतको रुपमा राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाडौबाट सरुवा भइ आएका दंगाललाई एक औपचारिक कार्यक्रमका बीच सोमबार गाउँपालीकाका अध्यक्ष ऐयुब,उपाध्यक्ष अनिता यादवलगायतले स्वागत गरेका छन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी एकतह बढुवा भई नेपाल सरकारको उपसचिव बनेपछि उनको स्थानमा कार्यभार सम्हाल्न कोसी आइपुगेका दंगालले आफू ऐन नियममा रहेर कार्यसम्पादन गर्ने बताए । गाउँपालीकाभित्र जनप्रतिनिधिहरुसँग मिलेर जनअपेक्षाअनुसार कार्यलाई अगाडि बढाउदै विगतमा भए/गरेका राम्रा कार्यलाई निरन्तरता दिइने आफ्नो पहिलो लक्ष्य रहेकोे उनको भनाइ छ । कोशी गाउँपालीकाको प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा स्वागत कार्यक्रममा गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव,वर्तमान प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सूरप्रसाद दंगाल,स्वकीय सचिव धर्मेन्द्र विश्वास,प्राविधिक शाखा प्रमुख रोशन शर्मा,श्यामकिशोर मण्डल,बिनोद मिश्र, भोजराज सुवेदी, रितेश झालगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रम गाउँपालीकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले सञ्चालन गरेका थिए ।
देवानगञ्जमा स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य तालीम
जुगेस दास देवानगञ्ज। देवानगञ्ज गाउँपालिकामा डिप्रेसनजस्तो गम्भीर मानसिक समस्याबारे जागरूकता फैलाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ। तीन दिनसम्म चल्ने यस...