लौकही । कोशी गाउँपालीकाको आयोजनामा “कोशी टप्पु वन्यजन्तु आरक्ष” विषयक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको चित्रण गर्ने उद्देश्यले आयोजना गरिएको चित्रकला प्रतियोगिता मंगलबार कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त चित्रकला प्रतियोगितामा कोशी गाउँपालीकाका क्षेत्रका विभिन्न सातवटा विद्यालयका १४ जनाले सहभागिता जनाएका थिए भने सो चित्रकला प्रतियोगितामा राष्ट्रिय मावि शोभनपुरका एहसान मंसुरी प्रथम भए भने कोशी जनता मावि हरिपुरका सुषमा यादव दोस्रो भएको उक्त कार्यक्रमका संयोजक तथा उद्घोषक राष्ट्रिय मावि शोभनपुरका प्रअ हरेकृष्ण राउतले जानकारी दिए । त्यसैगरी मिथिला पब्लीक स्कूल लौकहीका विद्यया साह तृतिय,कोशी मावि पश्चिम कुशाहाका दिपक कुमार राम तथा राष्ट्रिय मावि लौकहीका हरिकुमार मण्डल सान्त्वना भएका छन् ।

उक्त चित्रकला प्रतियोगितले विश्व रामसार सुचिमा सृचिकृत कोशी टप्पुको जैविक विविधताको देखाउने तस्विरहरु चित्रकलामा सहभागी विद्यार्थीहरुले प्रस्तुत गरेको कोशी गाउँपालिकाका सामाजिक शाखा प्रमुख नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए । प्रथम,दोस्रो र तेस्रोसँगै अन्य विजयी प्रतियोगीहरुलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले पुरस्कार वितरण गरेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भित्र लुकेको प्रतिभा बाहिर ल्याउदै कोशी टप्पुको विशेषता झल्काउने अभिप्रायले चित्रकला प्रतियोगिता आयोजना गरेको बताए ।

कार्यक्रममा कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादव, राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, कोशी जनता माविका प्रधानाध्यापक मोहनकुमार यादव, राष्ट्रिय मावि लौकहीका प्रधानाध्यापक विरेन्द्र कुमार यादव, प्रधानाध्याक श्रवण राम, अकुवा वर्डका संचालक सुरज गिरी , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता मगर, पत्रकार जयकृष्ण यादव र पवन रौनियार, कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादव सहितको उपस्थिीती रहेको थियो । चित्रकलाका मूल्याकनकर्ताहरुमा कोशीका अध्यक्ष ऐयुव अंसारीका स्वकिय सचिव धर्मेन्द्र विश्वास, कोशीका सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी रहेका थिए । उत्कृष्ट मूल्यांकन गरेको भन्दै कोशी गाउँपालीकाको कार्यालयले उनीहरूलाई सम्मान समेत गरेको छ । सम्मानित मूल्याकंनकर्ताहरुलाई नायब सुब्बा राजकिशोर मेहताले सम्मान पत्र वितरण गरेका थिए ।

यसैबीच २०७७ सालमा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उत्कृष्ट बिद्यालय र विद्यार्थीहरुलाई सोहि कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । २०७७ सालमा प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सम्पन्न भएपनि पुरस्कार वितरण गर्ने समयमा कोभिड संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीको पत्राचारअनुसार त्यतिबेला तत्काल स्थगित गरिएको पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । २०७७ सालमा कोशी गाउँपालीकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा राष्ट्रिय मावि लौकही प्रथम, राष्ट्रिय मावि शोभनपुर दोस्रो र राष्ट्रिय मावि श्रीपुर तेस्रो भएको थियो । उक्त प्रतियोगितामा विभिन्न खेलकुदको विधामा उत्कृष्ट बिद्यालयका साथै व्यक्तिगत प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीहरुलाई गाउँपालीकाका अध्यक्ष अन्सारीले पुरस्कारसँगै सिल्ड,मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









